ससस्त्र प्रहरीले ५० देखि १ सय रुपैयाँ लिएर भारतीय आईक्रिम ब्यपारी हरुलाई नेपाल पठाउने गरेको खुलासा।थारु पाेर्टल

Spread the love
बैशाख .५ ,मंगलबार
रबिन्द्र बराल
नेपालमा उत्पादन हुने विभिन्न कम्पनीका आईसक्रिम उद्योगले हरुले सिमाबर्तिमा सामान्य राेजिराेटी गर्ने युवा हरुलाई राेजगारी सृजना गरेता पनि नेपाली युवा हरुले साेचे अनुरुप आमदानी नभए पछि उनिहरुकाे व्यवसाय धरासयमा परेको छ । पछिलाे समयमा सिमाक्षेत्रमा रहेकाे चाेप्राह बाेडर, मायाँगञ्ज, नाेचा,आमगाछी,बल्डङ्गा ,सिक्टि लगायतका क्षेत्र बाट भारतमा उत्पादन हुने आईसक्रिमहरु लिएर नेपालकाे रंगेली स्थित संन्सारी मंन्दिर ,दर्वेशा, डाईनिया,कर्सिया , आमबाडि ,झुर्किया, रामचाेक लगायत स्थानमा भारत बाट अबैध रुपमा नेपाल प्रवेश गरेर सस्तो मुल्यमा आईसक्रिम बिक्रीवितरण गर्दे यहाँका साना व्यपारी हरुलाई समस्या परेको छ ।
सिमा खटिएका ससस्त्र प्रहरी हरुकाे लापरबाहीका कारण साना व्यपारीहरु मार्कामा पर्ने गरेकाे रंगेलीका साना व्यपारी कुमाेद रमानी ले बताए । सिमा क्षेत्रमा खटिएका ससस्त्र प्रहरीकाे लापरबाहीका कारण ले गर्दे नेपाल सरकारलाई कर तिरेर नेपालमा उत्पादन गरेर साना व्यपारी हरु ले खरिद गरेर सिमाक्षेत्रमा बिक्रीवितरण गर्ने गरेता पनि भारतीय आईसक्रिम व्यपारी हरुले ससस्त्र प्रहरीकाे मिलेमतोमा नेपाल प्रवेश गरेर सस्तो मुल्यमा बिक्रीवितरण गरेकाे कारण आफू हरुलाई ठुलाे समस्या परेको व्यपारी हरु ले बताए ।
ससस्त्र प्रहरी हरुले भारतीय व्यपारीहरु संग एक ठेला बापत ५० रुपैयाँ देखि १ सय रुपैयाँ लिएर नेपाल पठाउने गरेको रंगेली ७ का आईसक्रिम व्यपारी रामचन्द्र सहनीले बताए । ससस्त्र बिओपि रंगेलीका प्रहरी निरिक्षक सन्देश थापा का अनुसार साे कुराकाे जानकारी नभएको तर आफुले पनि भारत बाट भारतीय आईसक्रिम बिक्रीका लागि नेपाल आएकाे स्युईकार गरेका छन ।

नेपालमा उत्पादन आईसक्रिम बिक्रेता हरुलाई समस्या परेको भारत बाट सिमाक्षेत्रमा हुदै नेपाल भित्रिने क्रममा सिमाक्षेत्रमा सुरक्षाका लागि खटाएको ससस्त्र प्रहरी हरुलाई भारतका आईक्रिम व्यपारी हरु ले प्रत्येक दिन नेपाल भित्रिने क्रममा सुरक्षामा खटिएका प्रहरी हरुलाई १ सय रुपैयाँ देखि २ सय रुपैयाँ दिएर आउने गरेको एक भारतीय व्यपारी ले बताए ।
भारतीय आईसक्रिम उत्पादन गर्ने एक व्यपारीका अनुसार आफुहरु ले सिमाक्षेत्रमा टेन्डर प्रकृिया बाट भारतीय ठेला हरु लाई नेपाल पठाउने गरेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *