बैशख ७ बिहीबार
रंगेली

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंगेली अस्पतालमा नि: शुल्क हाईड्रोसिल अप्रेसनकाे १० दिने शिविर सम्पन्न भएको छ । प्रदेश नम्बर १ काे स्वास्थ्य कार्यालयले माेरङले पहिलोपटक रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका ,रतुवामाई नगरपालिका , कानेपाेखरी गाउँ पालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिका लाई लक्षित गर्दे चैत्र २६ गतेदेखि बैशाख ७ गते सम्म १० दिन का लागि हाईड्रोसिलकाे अप्रेसनका लागि नि:शुल्क शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यलय माेरङका फाेक्ल पर्सनल शंकर देव ले बताए । रंगेली अस्पतालका मेसु अरुण भट्टराईका अनुसार उक्त शिविरमा १९ बर्ष देखि ७५ बर्षसम्मका युवा तथा बृद्धहरुकाे स्वास्थ्य परिक्षण गरेर ५० जनाकाे हाईड्रोसिलकाे अप्रेसन गरिएको थियाे ।
उनका अनुसार नेपाल सरकारले केही साता अगाडि गाउँ घरमा हात्तिपाईले राेगकाे ओैषधि सेवन गराउन गाउँ घरमा गएकाे समयमा स्वास्थ्यकर्मी हरुलाई खटाए पछि ओैषधि खुवाउने क्रममा सुनवर्सि नगरपालिका र रतुवामाई नगरपालिकाका युवा तथा बृद्धहरुलाई हाईड्रोसिल भएको जनाकारी प्राप्त भए पछि जिल्ला स्वास्थ्य कार्यलय माेरङले शिविरकाे आयोजना गरेको भट्टराईले बताए ।
सर्वसाधारण हरुले समान्य उपचारका लागि बिराटनगर सम्म गएर उपचार गराउन नपराेस भन्दै सर्वसाधारण हरुले आफ्नै गाउँ घरमा उपचार गराउन सहज हाेस भन्ने उदेश्यका साथ रंगेली अस्पतालमा शिविरकाे आयोजना गरेको बताए । यदि पुनः हाईड्रोसिलकाे बिरामी थप फेला परेमा पुनः नि:शुल्क उपचार गराउने फाेक्ल पर्सनल शंकर देव ले बताए । रंगेली अस्पतालमा यसरी उपचार गराउन पाएकाे मा आफू हरु अत्यन्तै खुशि भएको बिरामीहरुले बताए । रंगेली अस्पतालमा हरेक प्रकारको उपचार र चिकित्सक समेत रहेकाेले बिगतका दिनहरुमा समेत हाईड्रोसिल, हर्निया, प्रशुति सेवा निरन्तर चल्दै आई रहेकाे र आगामी दिन हरुमा समेत थप उपचारका पद्धतिहरु थप गरिदै लैजाने अस्पताल का अध्यक्ष देवमणी कटुवाल ले बताए ।