बैशाख ।७ ।कानेपोखरी

मोरङको कानेपोखरी गाउँपालिका स्थित रमाइलो बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले आज आफ्नो ५४ औ स्थापना दिवसमा पङ्खा हस्तान्तरण गरेर कार्यक्रम मनाएको छ
नेपालि काङ्ग्रेस को भातृसंगठन नेबि संघ को स्थापना २०२७ बैशाख ६ गते स्थापना भएको थियो । कार्यक्रम को उदघाटन नेपाली काङ्ग्रेस महाधिवेसन प्रतिनिधि देबेन्द्र थापाले कार्यक्रमको उदघाट्न गरेका थिए । पुर्व मोरङ जिल्ला उपसभापति ले नेबि संघ ले विद्यार्थीका हक अधिकारको लागि आवाज उठाउने काम नेबि संघ ले गरेको बताउएका थिए । नेपाली काङ्ग्रेस मोरङ जिल्ला सदस्य देबेन्द्र लुइँटेल ले नेबि संघ इकाई समिति लाई १० थान पङ्खा हस्तान्तरण गरेका थिए ।
नेबि संघ रमाइलो बहुमुखीका इकाई सभापति दिपेश रोक्काले रमाइलो बहुमुखी क्याम्पसका प्राचार्य टिकाराम खरेल लाई फङ्खा हस्तान्तरण गरेका थिए । नेपाली कांग्रेसमा कुनैबेला नेता उत्पादन गर्ने भुमिकाको रुपमा नेविसंघ परिचित थियो । नेविसंघका संस्थापक सभापति विपीन कोइराला हुन् भने हाल कांग्रेस सभापति रहेका शेरबहादुर देउवा नेविसंघको दोस्रो सभापति हुन् । कार्यक्रममा विभिन्न संघसंगठनका ब्याक्ती तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।