बैशाख १५ /

बिराटनगर स्थिति अतिथि भवनमा नेपाली काङ्ग्रेस प्रदेश क्षेत्र एवं महानगर समितिले संयुक्त सम्मेलन कार्यक्रम भएको छ । कार्यक्रम लाई सम्बोधन गर्दै डा शेखर कोइरालाले बिपिको फोटोमा माला लगाएर कार्यक्रमको उदघाटन गरेका थिए।
कार्यक्रमा प्रदेश सभा सदस्य केदार कार्कीले नेपाली काङ्ग्रेसले अगामी दिनमा नया ढ्ङ बाट जनताको माझमा गएर प्रस्तुत हुनु पर्ने बताएका छन । नेपाली काङ्ग्रेस बिराटनगर महानगर सभापति दिपक चापागाईंले आगामी दिन नगर सचिव वडा सचीवको लागि उद्घोषण तालिम ल्याउने तथा बिराटनगर को १९ वटा वडा मा रहेका जनताको समस्या के छ त्यो बुझ्न भुमिका खेल्ने बताएका छन । नेपालि काङ्ग्रेसले अगामी निर्वाचनमा एक्लै लड्ने तथा जनताको हरेक दु:ख सुख साथ दिने र जनताको समस्य समाधानको उपाय खोज्ने तथा नेपाली काङ्ग्रेसलाई सुधारेर लिएर जाने प्रतिनिधि सभा सदस्य डा शेखर कोइरालाले बताएका छन । सम्मेलनमा क्षेत्र तथा महानगरको मानिस तथा नेता गण पत्रकार हरुको बाक्लो उपस्थिति रहेको थियो ।