वैशाख ।१७ गते
पथरी समाचारदाता

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इटहरी शाखाले इटहरी -४ ,सुनसरीका ४१ वर्षे साईमन राईलाई क्यान्सर जस्तो घातक रोग प्रमाणित भएपछि उपचार खर्च वापतको ५० लाख रुपैयाँ रकम प्रदान गरेको छ।
शुक्रबार उक्त कम्पनीको इटहरीस्थित प्रदेश कार्यालयमा एक कार्यक्रमका बीच विमित राईलाई उक्त रकम हस्तान्तरण गरिएको हो। वैदेशिक रोजगारको शिलशिलामा दुबईमा रहेको बेला विरामी परि २०७९ पुषमा घाँटीको क्यान्सर प्रमाणित भए पछि सो कम्पनीमा उपचार दावी गर्नु भएकाे थियाे। राईलाई सबै प्रकृया पुरा गरि उक्त उपलब्ध गराएको उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको इटहरी कार्यालयले प्रेस नोट प्रकाशित गर्दै जनाएको हो।
उक्त विमा कम्पनीमा विमित साइमन राईले वि सं २०७६ कार्तिक २९गते अमृत वर्षा विमा योजना अन्तर्गत ५० लाख रुपैयाँको विमा गरेका थिए। उनले वार्षिक प्रिमियम ६लाख २९हजार ६५० रूपैयाँको दरले ४ किस्ता बुझाई सकेका छन् । घाँटीमा प्राणघातक क्यान्सर रोग लागेर हाल औषधोपचार गरिरहनु भएका राईको जीवन विमा सुचारु रहने कम्पनीले जनाएको छ । अब चार वर्ष पुरा भएपछि उनलाई पुनः १६लाख ६५हजार रूपैयाँ उपलब्ध गराईने सो कम्पनीले उल्लेख गरेको छ।
३६ वर्ष अघिदेखि जीवन विमा व्यवसाय गरीरहेको नेपालको पहिलो सो विमा कम्पनीले पुनः विमारी विमित राईलाई सात वर्ष पुरा भए पछि फेरि १६ लाख६५ हजार रुपैयाँ हस्तान्तरण गर्ने छ । दश वर्षको समय अवधि पुरा भएपछि १६ लाख ७० हजार रुपैयाँ नगद प्रदान गर्ने जनाईएको छ भने १० वर्षको बोनस सहित निज विमित राईलाई पुनः करिब ४९लाख रूपैयाँ हस्तान्तरण गरे पछि मात्र विमा समाप्त हुने कम्पनीले जनाएको छ। यसैगरी, विमा परिपक्क हुन बाँकी रहेको ६ वर्ष सम्म विमित राईको दोहोरो दुर्घटना लाभ सहितको जोखिम पनि कम्पनीले बहन गरिरहने पनि कम्पनीका प्रमुख नरेन्द्र राइले जनाएका छन् ।