वडा नं. १० मा फेब्रीक ब्याग बनाउने तालिमको उद्घाटन ।थारु पाेर्टल

Spread the love
वैशाख १७ गते
पथरी समाचारदाता 
माेरङ्गकाे पथरीशनिश्चरे वडा नं. १० मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत फेब्रीक ब्याग बनाउने तालिमको उद्घाटन गरिएको छ । आज पथरीशश्चिरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा सुरु गरिएको तालिम वैशाख- २० गतेसम्म सञ्चालन हुनेछ ।
तालिमको अध्यक्षतामा कार्यपालिका सदस्य तथा वडा सदस्य मिना तामाङको रहेकी थिइन् भने प्रमुख अतिथि वडा नं. १० का अध्यक्ष जीवन खतिवडा रहेका थिए। सो तालिमको उद्घाटन प्रमुख अतिथि खतिवडाले कार्यब्यानर अध्ययन गरेर गरेका थिए । प्रमुख अतिथि खतिवडाले वडा र नगरले तालिम पश्चात् बजारीकरणको लागि सहजता प्रदान गर्ने बताए । यसैगरी ,कार्यक्रममा लघु उद्यम शाखा प्रमुख सपना कार्की, सहभागी सिसु लिम्बु, वडा सदस्य वीरबहादुर बस्नेतले शुभकामना मन्तव्य राखेका थिए । नगरका कर्मचारी कल्पना कट्वालले सञ्चालन गरेकी तालिमको प्रशिक्षक सुजन श्रेष्ठ र राज घिमिरेले सम्हालिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *