कानेपोखरी, वैशाख १८ ।
कानेपोखरीमा खेलकाे माध्यमबाट बेग्लै पहिचान बनाएकाे कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गले वैशाख १७गते शनिबार आफ्नो दोश्रो वार्षिक उत्सव केक काटेर मनाएको थियाे ।वार्षिक उत्सव जनसेवा मावि रमाइलोको सभाहलमा सम्पन्न भएकाे थियाे । जसमा ११ जना खेलाडिहरुलाई विभिन्न विधामा मायाकाे चिनाेले सहित कानेपोखरी तेक्वाण्डोका अध्यक्ष गुरु युवराज भुजेलले सम्मान गरेका हुन । सम्मानित हुनेमा देविन राई, विनिषा धिमाल, रितिका चौधरी, जेनिसा कुमाल, लिला गुरुङ, राजिन तामाङ, अप्रिता चौधरी, विन्तीका लिम्बू, भिजन मैनाली, प्रिन्सा कार्की र सुन्दर लिम्बू रहेका छन ।
कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी आइटिएफका सल्लाहकार एविन पाठकले २ वर्षे अवधि पूरा गरेकोमा आइटिएफ परिवारलाई बधाई तथा शुभकामना दिदैँ खेलकाे साथ साथै पढाईलाई पनि अगाडि वढाउने रआगामी दिनहरुमा पनि सफलता हात पार्दै जाओस् भन्ने सुभकामना व्यक्त गरे । कार्यक्रममा करिब ६० जना प्रशिक्षार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो । हाल कानेपोखरी आइटिएफको नेतृत्वमा लगभग २सय प्रशिक्षार्थीहरुले सहभागीता जनाइरहेका छ्न । कार्यक्रम राजेन्द्र गुरागाईले संचालन गरेका थिए ।