पञ्चायत नमुना माविको ललित कला विषयमा अध्ययनरत विद्यार्थीहरुसित अन्तर्क्रिया ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे, बैशाख १८।
नेपाली ललीतकलाका वरिष्ठ ईतिहासकार तथा समालोचक पत्रकार मुकेश मल्लले कुनै पनि कलाका विधामा लागेका विद्यार्थीहरुले ऐतिहासिक कुराहरु जान्नु पर्ने बताउनु भयो .
। उहाँले आज मोरङको पथरी शनिश्चरे १स्थित पञ्चायत नमुना माविको ललित कला विषयमा अध्ययनरत विद्यार्थीहरुसित अन्तर्क्रियाका क्रममा सो कुरा गरेका हुन्। उहाँले पञ्चायत माविको फाईन आर्ट फेकल्टीका विद्यार्थीहरूले गरेका चित्रहरुको अवलोकन गर्नु भएको थियो । फाइन आर्टका अध्यक्ष भूमिप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ चित्रकार तथा कला पत्रकार मुकेश मल्लले ललित कलाको ऐतिहासिक पृष्ठभुमि जानकारी दिनुका साथै वर्तमान समयमा नेपाली चित्रकलामा प्रयोग भैरहेका विभिन्न आयामहरूबारे जानकारी दिनु भयो ।
पौवा, रियलिष्टिक , समसमायिक कला, आधुनिक कला, एब्स्ट्रयाक्ट आर्ट, पोष्ट मोडन आर्ट ९ उत्तर आधुनिक कला, जस्ता विभिन्न कलाका आयामहरु प्रयोगमा आएका जानकारी दिनुभयो। अन्तर्क्रियामा ललीत कलाको माध्यमबाट नेपाली मौलिकतालाई जीवन्त राख्न सकिने उपायहरु सुझाउदै भोलिका दिनमा अबलम्बन गर्न सकिने विविध पक्षहरुमा पनि सहजीकरण गर्नुभएको थियो। उहाँले हामी नेपाली कलाकारले पश्चिमी कलाकृतिहरुको नक्कल मात्रै गर्नु भन्दा बढी आफ्नै नेपाली मौलिक तथा सांस्कृतिक कलालाई प्राथमिकता दिनु पर्ने बताउनु भयो।
आधुनिक नेपाली कलाका अग्रज लैनसिंह वाङ्देल , उत्तम नेपाली, रामानन्द जोशी, मनोजबाबु मिश्र, बात्सायन, रविन सायमी,किरण मानन्धर, रागिनी, अभिमन्यु,दुर्गा बराल, सुनिल सिग्देल, आदिबारे सामान्य जानकारी राख्नुपर्न पनि सुझाव दिनुभयो। नेपालमा ११ औ शताब्दीमा जय बर्माको मुर्ति भेटिएपछि इतिहासमा पहिलो मृर्ति कलाको रूपमा फेला परेको थियो। कुनै पनि कलाका विद्यार्थीहरूले एतिहासिक कूरा जानकारी राख्नुपर्ने बताएका छन्। उक्त अवसरमा फाईन आर्टकी संस्थापक अध्यक्ष सरोजा खड्गी ,ललित कला शिक्षक सञ्जु थापा मगर , कक्षा ११ र १२ मा अध्ययनरत् करिब ३० बढि ललित कलाका विद्यार्थीहरुले सहभागिता जनाएका थिए। उक्त क्रममा नेपालको ललितकला विषयमा प्राध्यापन सहित कला विधाको बाट रहेर रातो पार्टी अनलाईनमा कार्यरत् वरिष्ठ पत्रकार मुकेश मल्लले पञ्चायत नमुना माविका विद्यार्थीहरूको प्रयास प्रशंसनीय रहेको बताउनुभयो।
उहाँले छात्र छात्राहरुमा ललित कलामा समर्पण र गहन अध्ययन भएको महशुस गरेको बताउनुभयो।त्यस्तै, नेपाल प्राज्ञ प्रतिष्ठान ललीत कला सदस्य समेत रहेकी फाईन आर्टकी संस्थापक अध्यक्ष सरोजा खड्गीले चित्र कलाकारिताको अझै बढी विकासको लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको जनाउनु भयो। आगामी दिनहरुमा नयाँ नयाँ प्रतिभावान कलाकारलाई उत्पादन गर्न आफुले चित्रकारिता क्षेत्रमा कृयाशिल रहेको उल्लेख गर्दै देशैभरिका ललित कलामा अध्ययनरत् छात्र छात्राहरुलाई क्षमता अभिवृद्धि तालिम आवश्यक रहेको बताउनुभयो। उक्त अवसरमा साहित्यकार लक्ष्मी प्रसाद फुयाल, सिता राई, पञ्चायतका कलागुरू सञ्जु थापा मगर लगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *