कानेपोखरी गाउँपालिकाकाे पुछार र सुनवर्षी नगरपालिका जोड्ने पक्की पुलकाे   उद्घाटन ।थारू पाेर्टल

Spread the love

बैशाख ।२१ 

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाकाे पुछार र सुनवर्षी नगरपालिका जोड्ने पक्की पुलकाे   उद्घाटन भएको छ ।

कानेपोखरी –३काे तल्लाे  हरकपुर हुँदै सुनवर्षी –१ अमरदह बजार जाने डाँस खोलामा निर्माण भएकाे पक्की पुलकाे  कोशी प्रदेशका सडक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले  उद्घाटन गरेको हो । उद्घाटनमा प्रदेश सांसदहरू लिलाबल्ब अधिकारी र गीता तिम्सिना पनि रहेका थिए । २०७४ सालको निर्वाचन पछि जनताको माग अनुसार प्रदेश सांसद लिलाबल्ब अधिकारीको पहलमा पक्की पुलको सुरु गरेका थिए ।

२०७६ पुस १० गते सम्झौता गरेर काम सुरु गरेको थियो । २०७९ माघ २९ सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भए पनि कोभिड १९ को कारणले ढिलाइ भएको थियो । सो पुल ६ करोड ४५ लाख ४७ हजार ३ सय ४७ रुपैयाँ लागतमा पुल निर्माणको ठेक्का कार्की बन्धु कन्स्ट्रक्सन प्रा.लि विराटनगरले लिएको थियो ।

तल्लो भेगको डाँस खोलामा पक्की पुल निर्माण भएपछि कानेपोखरीबाट सुनवर्षीको अमरदह हुँदै पथरी निस्कन सहज हुने भएको छ । यसअघि पुल नहुँदा वर्षायाममा पथरी  जानुपर्दा घुमेर कानेपोखरी हुँदै जानुपर्ने बाध्यता थियो । आवतजावत मात्रै नभएर गाउँका उत्पादनलाई बजारसम्म पुर्याउन पुल बनेपछि सहज भएको छ । कानेपोखरी गाउँपालिकातिरबाट सुनवर्षीको अमरदह, पथरीशनिश्चरेको पथरी, शनिश्चरे र उत्तरबाट हरकपुर, दलेली, रंगेलीलगायतका बजार कृषिजन्य उत्पादित बस्तुहरू बिक्री वितरण गर्न लैजान पनि सहज भएको स्थानीय बताउँछन् ।

 

 

प्रदेश सांसदद्वय लिलाबल्ब अधिकारी र गिता तिम्सिनाले अत्यन्तै आवश्यक ठाउँमा पुल बनेको बताए । ‘पुल अत्यन्तै आवश्यक ठाउँमा बनेको छ’ अधिकारीले भने, ‘पुलबाट सहजीकरण मात्र नभएर जीवनस्तर उकास्न लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ प्रदेश सरकार बनेपछि स्थानीयस्तरमा विकासको कामले गति लिने उनले बताए ।
कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले भौतिक संरचना बन्दै गर्दा प्रदेश सरकारको काम देखिएको बताए । उनले यसका बीच पनि थुप्रै खाल्का आवश्यकता रहेको र जनसरोकारका थुप्रै आवश्यकता रहेकाले तीनै तहको सरकारले ध्यान दिन जरुरी रहेको बताए ।

कानेपोखरी गाउँपालिका–३ का वडा अध्यक्ष गोपालबहादुर कार्कीले तटबन्ध नगरेर बर्खामा बस्ती डुबानमा पर्ने वा विस्थापित गर्ने समस्या रहेको बताए । बस्ती व्यवस्थापनका विषयमा गाउँपालिका देखि संघसम्म कुरा राख्दा बजेटको समस्या देखाउँदै उनले व्यवस्थित रुपमा डाँस खोलामा तटबन्ध आवश्यक रहेको बताए । सुनवर्सी नगरपालिका १ का वडाध्यक्ष वीरबहादुर राईले कानेपोखरी र सुनवर्षी जोड्ने पुल निर्माणले वारी र पारीको सम्बन्ध जोडिने बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *