विराटनगर । राष्ट्रिय विभूति तथा विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६७ औं जन्मजयन्तीको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्पूर्ण नेपालीमा शुभकामना दिनुभएकाे छ ।
मुख्मयन्त्री कार्कीले शुभकामना सन्देश प्रकाशित गर्दै विश्व जगत बुद्धको आदर्शलाई शिरोधार्य गरि शान्ति र अहिंसाको अनुसरण गर्दै अगाडि बढेकोले यस दिनले सबैलाई सकारात्मक मार्गमा हिड्न प्रेरित गर्नसक्ने उल्लेख गरेका छन् ।वैशाख शुक्ल पक्षको पूर्णिमा गौतम बुद्धको त्रि–संयोग (जन्म, ज्ञान प्राप्ति र महापरिनिर्माण) भएको दिनको रुपमा समेत मनाइने गरिएको समरण गर्दै शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका महान गुरु भएको उल्लेख गरिएको छ ।
‘२५०० वर्ष भन्दाअघि बुद्धले प्राप्त गरेको ज्ञानको अविरल ज्योतिले विश्वमानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ ,’ मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा भनिएको छ ‘उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ ।’