मोरङको कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई लक्षित गरी गरिएको अभिव्यक्तिहरु प्रति कानेपोखरी महिला फेडरेसनकाे भत्सना ।थारू पाेर्टल

Spread the love
बैशाख २२ गते,
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई लक्षित गरी गरिएको अभिव्यक्तिहरु प्रति कानेपोखरी महिला फेडरेसनले भत्सना गरेको छ ।
विहिबार रमाइलोमा पत्रकार सम्मेलनको आयोजनागरी अध्यक्ष इङ्नाम प्रति लक्षित गरी जाती, धर्म, संस्कार, संस्कृती खलल हुने खालका अभिव्यक्ति प्रति घोर भत्सना गरेको हो । केही व्यक्तिहरुले गाउँपालिकाको अध्यक्षको कार्यकक्षमा मात्र ताला लगाउनु, प्रमुख प्रसासकीय अधिकृतको हाजिरी रोक्नु कार्यपालिकको वैठकले नै गरिएता पनि अध्यक्षलाई मात्र लगाउनु जस्ता कार्यले महिला भएकै कारण हेपिएको वितरित विज्ञप्तीमा उल्लेख थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भए अनुसार प्रकृया पुर्याई सवारी साधन मोरङ देखी तेह्रथुमसम्मको प्रकृयागत यात्रामा रहिरहदा अध्यक्षको आफ्नो जिम्मेवारी कार्यवहाक उपाध्यक्षलाई दिएर जाँदा पनि यहाँ नियतवस गाडीको फोटो सामाजिक सञ्जाल मार्फत एक जिम्मेवार गरिमामय पदमा रहनुहुने  कानेपोखरी गाउँपालिका अध्यक्ष  राजमती ईङ्गनाम  प्रति लगाईएको लालछना प्रति सिंगो कानेपोखरी महिला फेडरेसन निन्दा सहित घोर भत्सना गर्दछ ।
गाउँपालिकाको केन्द्र सार्ने विषयमा गाउँसभाको बहुमत सदस्यले सार्ने पक्षमा निर्णय गर्दा पनि किन अध्यक्षलाई मात्र लक्षित गरियो,अवका दिनमा यस्ता खालका असमाजिक गतिविधिहरु नर्गन अनुरोध गर्दै यस्ता गतिविधिहरु दोहोर्याएमा कानेपोखरी महिला फेडेरेसन प्रतिकारमा उत्रन बाध्यहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *