संघीय सांसद सुनिल शर्माले आफ्नो कार्यकालभरी पथरी बहुमुखी क्याम्पसलाई सहयोग गर्ने प्रतिबद्धता।थारु पाेर्टल

Spread the love
बैशाख – २२ गते
पथरी समाचारदाता 
मोरङको पथरीशनिश्चरे नगर स्थित पथरी बहुमुखी क्याम्पसको शुक्रबार १५ औं क्याम्पस सभा समापन भएको छ । क्याम्पस सञ्चालक समितिको अध्यक्ष रामकुमार बस्नेतको सभापतत्विमा भएको उद्घाटन कार्यक्रममा प्रदेशको पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले विद्यार्थीहरु १२ कक्षा सकेर अध्ययनको लागि युरोप जाने र उतै बस्नुले देश वृद्धवृद्धाको मात्र हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरेका छन् ।
पूर्व मन्त्री घिमिरेले आफू सामाजिक विकास मन्त्रीहुँदा प्रदेशभर रहेका ९१ वटा पब्लिक क्याम्पसहरुलाई १० लाखको दरले अनुदान दिने व्यवस्था मिलाउने प्रयास गरेको बताए । कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद सुनिल शर्माले आफ्नो कार्यकालभरी पथरी बहुमुखी क्याम्पसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संविधान सभा सदस्यहरु चण्डीप्रसाद राई, लालबहादुर सुस्लिङ मगर, पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापाे लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
समापन मन्तव्य दिदै सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतले आफूहरु सञ्चालक समितिमा आएपछि क्याम्पसमा छात्राबास, कबर्ड हल लगायतको योजना पेस गरिएको जानकारी दिए । अध्यक्ष बस्नेतले विश्वविद्यालय अनुदान आयोगमा स्वअध्ययन मूल्याङ्कन प्रतिवेदन (क्यूएए) प्रकृयामा पठाइएको बताए । क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक डिल्लीराज दाहालले आर्थिक प्रतिवेदन पेस गरेका थिए । शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी सङ्कायमा स्नातक, शिक्षाशास्त्र नेपाली र व्यवस्थापन सङ्कायमा स्नातकाेक्तर अध्ययन हुने क्याम्पसमा यो बर्ष ६सय३० जना विद्यार्थी रहेको उल्लेख छ । क्यामपसको ३सय१७ जना परिषद् सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ । २०६४ भदौदेखि विधिवत स्थापित क्याम्पसमा ७० लाखभन्दा बढी घाटामा रहेको सञ्चालक समितिले जनाएको छ ।
सभामा पूर्व नगरप्रमुख दिलिपकुमार राई, वडा अध्यक्षहरु भीमकुमार राई, लोककिरण न्यौपाने, समाजसेवी युवराज बास्कोटा, नेपाली कांग्रेस नगर सभापति रुपनारायण भट्टराई, एमाले अध्यक्ष रमेश दाहाल, माओवादी केन्द्रका नगर अध्यक्ष गोबिन्द कटुवाल, नेकपा (एस)का तुलशी ढकाल, पञ्चायत माविका प्राचार्य अर्जुनकुमार बुढाथोकी, स्ववियु सभापति केशर राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा भरतमोहन अघिकारी स्मृति फाउण्डेशनको तर्फबाट टिकारम गौतमले अक्षयकोष राख्न ३ लाखको चेक हस्तान्तरण गरेका थिए। सभामा दुई संकायमा क्याम्पस टपर जमुना लिम्बू र अमृता बराइलीलाई क्याम्पसको तर्फबाट मेडल प्रदान गरिएको थियो । कार्यक्रममा करिब दुई सया परिषद् सदस्यहरु सहभगिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *