नगर प्रमुखद्वारा बाल साहित्य महोत्सव २०८० को उद्घाटन ।थारु पाेर्टल

Spread the love
पथरी समाचारदाता ,
वैशाख -२४ गते
माेरङ्गकाे पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले बाल साहित्य महोत्सव २०८० को उद्घाटन गरेका छन्। आज पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा प्रमुख अतिथि तुम्वापोले पानसमा दियो बालेर महोत्सवको उद्घाटन गरेका हुन् ।
सो उद्घाटन कार्यक्रममा मन्तव्य राख्ने क्रममा उनले भन्ने–‘हाम्रो पथरीशनिश्चरेमा अहिले बृहत् रुपमा कला र साहित्यले स्थान पाइरहेको छ यसमा मलाई खुशी लागेको छ ।
’ उनले थपे–‘कला र साहित्यले हामीलाई जसरी पनि छोएकै हुन्छ । यसलाई निरन्तर रुपमा अघि बढाउँदै लानुपर्छ ।’ कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा भएको सो महोत्सव वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।
आयोजकका अध्यक्ष धनराज राई (अमिर)को अध्यक्षतामा भएको सो कार्यक्रमा विशिष्ट अतिथि नगर उप–प्रमुख देवीमाया काफ्ले, वडा अध्यक्षहरु नैना राई, नविन कार्की, विजय लिम्बु, निवर्तमान नगर प्रमुख दिलिपकुमार राई, इलाका प्रहरी कार्यलय पथरीका डिएसपी लक्ष्मी भण्डारी, कार्यपालिका सदस्य विरध्वोज शिवा, नाट्यकर्मी भरत गुरागाँई बर्बरिक, कवि टिका आत्रेय लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा साकेला नाच, कविता वाचन र आकर्षक नृत्यहरु प्रस्तुत गरिएको थियो ।
महोत्सवमा नियमित नाटक प्रदर्शन, चित्रकला कार्यशाला, साहित्य लेखन कार्यशाला, मूर्तिकला कार्यशाला, हस्त लेखन कार्यशाला, वाककला कार्यशाला, पुस्तक प्रदर्शनी, खाद्य स्टलहरू, विज्ञान प्रदर्शनी, लोकवाजा प्रदर्शनी, भेषभुषा प्रदर्शनी, स्वास्थ्य शिविर, चेस लगायत खेलकुद गतिविधि तथा विभिन्न स्टलहरू रहेका छन् । उद्घाटन कार्यक्रम अघि बुद्धचौकदेखि रत्नचौक, राजमार्ग हुँदै बहुमुखी क्याम्पससम्म झाकी सहितको ¥याली निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *