रंगेलीमा नेतृत्व तथा क्षमता विकासका लागि तालिम सुरु ।थारु पाेर्टल

Spread the love
बैशाख २५ साेमबार
रबिन्द्र बराल
नेतृत्व तथा क्षमता विकास सम्बन्धी रंगेलीमा ३ दिने तालिम सुरु भएको छ । नगरपालिकाकाे सभाहलमा सुरु भएको तालिम बैशाख २४ गतेदेखि २६ गतेसम्म सन्चालन हुने भएको छ । साे कार्यक्रममा नगरका जनप्रतिनिधि महिला, विभिन्न संस्था का प्रतिनिधि लगायतका सहभागीता रहेको थियोे । सहभागी हरुलाई आम सर्वसाधारण हरुले संगठनको अगुवाइ कसरी गर्ने, नेतृत्व क्षमता विकास कसरी हुने , नेतृत्व भनेको निर्देशन, वा आफ्नो संगठनको व्यवस्थापनपप गर्ने कार्यलाई नेतृत्व भन्ने बिषयमा सहभागी हरुलाई जानकारी गराएका थिए ।
सहभागी हरुलाई कुनै पनि समस्याको पहिचान र त्यस्ता समस्याहरुलाई समाधान गर्ने उपायहरु खोज्ने र कार्यान्वयन गरी समस्या समाधान गर्ने कुरामा समेत जानकारी गराएका ।रंगेली नगरपालिकाकाे महिला तथा वालवालिका शाखा काे आयोजनामा उक्त कार्यक्रम गरिएको थियोे । कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली , प्रशाशकिय अधिकृत ओमकार न्याैपाने , स्थानीय यसाेदा काईराला, पुनम सापकोटा ,तारा गुरुङ ,ममता आले मगर, गायत्री श्रेष्ठ लगायत विभिन्न महिला संन्जाल का महिला हरुकाे समेत उपस्थिति रहेको थियोे । नेतृत्व तथा संस्थागत बिकाश तालिम मंजीता उपाध्याय ले सहभागी हरुलाई तालिम दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *