बैशाख २६ साेमबार
रबिन्द्र बराल

मोरङकाे जदाहा गाउँपालिका ४ काे जयरामपुर टोल बस्ने वर्ष ३० को दिनेश कुमार मुखिया लाई लेनदेनकाे बिगाे मुद्दामा जिल्ला अदालत मोरङले २०७९ माघ २७ गते ६ महिना कैद तोकिएकाे र फरार कसुरदार आफ्नै गाँउ घरमा लुकीछिपी बसि रहेको अवस्थामा मुखिया लाई पक्राउ गरेको हाे ।
त्यसैगरी धनपालथान गाउँ पालिका ५ स्थित बबियाटोल बस्ने वर्ष ४० संजय मण्डल बाेक्सिकाे आराेपमा फरार अभियुक्त समेत फरार रहेको र जिल्ला अदालत मोरङकाे फैसला २०७८मंसिर ७ गतेले ५ बर्ष कैद र नगद ५०हजार रुपैयाँ जरिवना ताेकिएकाे थियोे । त्यसैगरी साेहि स्थान बस्ने टेट्नु मण्डलको छोरी बर्ष ६० कि चम्पा देवी मण्डल लाई ४ बर्ष ११ महिना १ दिन कैद र नगद ५० हजार रुपैयाँ जरिवना तोकिएकाे र उनिहरु आफ्नै गाँउ घरमा लुकीछिपी बसि रहेको अवस्थामा रंगेली प्रहरीले गाेप्य सुचनाकाे आधारमा तीन जनालाई पक्राउ गरेकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक चन्द्र खड्काले बताए ।