कानेपोखरीमा ३सय४३ जनाले कक्षा १२ को परीक्षा दिदै ।थारु पाेर्टल

Spread the love
बैशाख २६,
कानेपोखरी ।
आजदेखि  देशभर कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएर परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने परीक्षामा मोरङको कानेपोखरीमा भने आज ८ ः४० बजे मात्र सुरुभएको थियो । कानेपोखरी गाउँपालिका क्षेत्रका परीक्षा केन्द्र अध्यक्ष पुष्प सुवेदीले प्रश्नपत्रको जीमेल ७ ः३० बजे मात्र आएको कारण प्रिन्टि गर्दा ढीलो भएर परीक्षा ढिलो हुन पुगेको बताए ।
कानेपोखरी गाउँपालिका क्षेत्रको परीक्षा केन्द्र वडा नं. ७ को जनकल्याण माविमा रहेको छ । सोही समयमा प्रश्नपत्र आए जहिले परीक्षा आधा घण्टा ढिलो हुने केन्द्र अध्यक्ष सुवेदी बताउँछन् ।
परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भएको थियो । पहिलो दिन गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले परीक्षाको अनुगमन गरेका थिए । अनुमगनकै क्रममा उपाध्यक्ष अधिकारीले परीक्षा शान्त वातावरणमा भएको र दैनिक शान्त वातवरणमा परीक्षा गराउन सुझाव दिएका थिए ।
उहाँले परीक्षा समयमै गराउनको लागि आजै गाउँपालिकाबाट प्रिन्टरको व्यवस्था गरिदिने बताएका छन् । यसैविच आज नै कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामले पनि परीक्षाको अनुमगन गरेका थिए । अहिले दुईवटा संस्थागत, ३ वटा सामुदायिक र १ वटा रमाइलो बहुमुखी क्याम्पस गरी जम्मा ६ वटा शैक्षिक संस्थाबाट ३ सय४३ जनाले कक्षा १२ को परीक्षा दिदै छ । जनसेवा मावि, रमाइलो बहुमुखी क्याम्पस, शिक्षा विकास मावि, श्रीमावि होकलाबारी, पर्ल ऐकेडेमी इङ्लिस स्कुल र पिनाकल ज्ञान मन्दिर स्कुलबाट छात्राछात्र सहभागी छन् । १सय४८ जना छात्र र १सय९३ जना छात्रा रहेका छन् ।
आजको परीक्षामा भने ३सय४१ जना मात्र उपस्थित रहेको र १ जना छात्रा र १ जना छात्र अनुपस्थित रहेकको सहायक केन्द्र अध्यक्ष कल्पना रिजालले बताइन् । ३सय४३ छात्रछात्रा मध्ये १७ जना जनसेवा माविको प्राविक विषय बालिबिज्ञान तर्फबाट रहेको थियो । विषय अनुसार परीक्षा दिने छात्रछात्रा भोली ३० जना भन्दा बढी बढ्न सक्ने रिजालले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *