कानेपोखरी
मोरङको कानेपोखरी गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत विष्णुकुमार थेगुवाले एक महिनाभन्दा बढी समयपछि हाजिर गरेर काम सुरु गरेका छन् ।
गत चैत १३ गतेबाट प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको कानेपाोखरीमा आइतबारबाट थेगुवाले हाजिर गरेर काम सुरु गरेको गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले जानकारी दिए ।
थेगुवालाई चैत ३० मा गाउँपालिका अध्यक्ष राजमती इङ्नामले हाजिर गर्न नदिएर फिर्ता पठाएकि थिइन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चैत १३ गते तत्कालीन प्रमुख प्रशासकीय सन्तोष घिमिरेलाई कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर विष्णुकुमार थेगुवालाई कानेपोखरीमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको थियोे ।वैशाख ३ गते अध्यक्ष इङ्नामले सामान्य प्रशासन मन्त्रालयलाई पूर्व जानकारी नदिई सरुवा गरेका कारण हाजिर गर्न नसक्ने भन्दै पत्र पठाएकी थिइन् ।