मोरङको पथरीशनिश्चरेमा जारी बाल साहित्य महोत्सव २०८० लाई नेपाली चलचित्र जारीको टिमले दिए शुभकामना ।थारु पाेर्टल

Spread the love
पथरी समाचारदाता
बैशाख -२७ गते ।
मोरङको पथरीशनिश्चरेमा जारी बाल साहित्य महोत्सव २०८० लाई नेपाली चलचित्र जारीको टिमले शुभकामना दिएको छ । कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा भएको महोत्सवको तेस्रो दिन चलचित्र जारीको टिमले सहभागीता जनाउँदै कार्यक्रमको शुभकामना दिएको हो ।
फिल्मको निर्देशक उपेन्द्र सुब्बा, कलाकार मिरुना मगर, बिजय बराल नैना पोख्रेलकोले महोत्सवमा सहभागिता जनाएका थिए । कार्यक्रममा बोल्दै निर्देशक सुब्बाले आफूले भोगेको जिवन बताउदै, सपना देखेपछि जिवनको सुरु हुन्छ । सपना भरपुर देख्नु, जिन्दगी यसरी बाच्छु भन्ने सपना देख्नु, जस्तो चलेको छ त्यो भन्दा राम्रो सपना देख्नु, सपना जस्ले देख्यो उसको जिवन बाच्यो भन्दै सहभागि बालबाललिकाहरुलाई उज्वल भविश्यको कामना गर्दै कार्यक्रम सफलतको शुभकाना दिइन्।
उक्त महोत्सवमा नियमित रुपमा नाटक प्रदर्शन, चित्रकला कार्यशाला, साहित्य लेखन कार्यशाला, मूर्तिकला कार्यशाला, हस्त लेखन कार्यशाला, वाककला कार्यशाला, पुस्तक प्रदर्शनी, खाद्य स्टलहरू, विज्ञान प्रदर्शनी, लोकवाजा प्रदर्शनी, भेषभुषा प्रदर्शनी, स्वास्थ्य शिविर, चेस लगायत खेलकुद गतिविधि तथा विभिन्न स्टलहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *