बैशाख ३१/ कानेपोखरी

नेपाली काङ्ग्रेस महिला संघ र जनबिकास साकोसले शनिवार राहातको सामाग्री बितरण गरेको छ । कानेपोखरी गाउपालिका वडा न २ मैनाबारीमा सुक्रबार राति करिव ११ वजे पम्फा भण्डारीकाे घरकाे पछाडिबाट आगाेलागेकाे थियाे । उक्त आगलागी हुदा घर जलेर खरानि भएकाे थियाे भने कुनै मानवीय क्षतिभने भएन ।आगजनी स्थानियबासी र कानेपाेखरी दमकलले नियनत्रणमा लिए पनी घर जाेगाउन भने सकेन । आगलागी पिडित भण्डारीलाई नेपाली काङ्ग्रेस कानेपोखरी वडाकार्य समिती वडा नम्बर २ का सभापति बम बहादुर पौडेलले लुगा बितरण गरेका थिए भने नेपाली काङ्ग्रेस गाउँकार्य समिति सभापति योगेन्द्र दाहालले भने राहातको सामाग्री बितरण गरेको थियाे ।राहत पाउदा पिडित परिवारकाे गह भरी आशुले भरिएकाे थियाे ।

उक्त राहात बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्यसमितीका सदस्यहरु तथा क्षेत्रीय प्रतिनिधि हरुको समेतउपस्थिति रहेको थियो।।