आर्थिक अभावका कारण अस्पतालकाे शैयामा छट्पटीदै प्रमिला ।थारु पाेर्टल

Spread the love
जेठ।३
माेरङकाे रंगेली नगरपालिका ६ स्थित पिपल चाेकमा बसाेबास गर्दे आईरहेका ३६ बर्षकी प्रमिला ताजपुरीया बिगत २ महिना देखि जीवन र मरणकाे सङ्घर्स गरिरहेकी छन । उनको पेटमा पानी जम्ने समस्या बाट ग्रसित भएकी प्रमिला अहिले रंगेली अस्पतालमा छट्पटी रहेकी छन । घरकाे आर्थिक अभाव कमजोर भएकाे कारणले गर्दे उनको उपचार हुन सकेको छैन ।
उनको दाहिने हात समेत जन्मजातै अपांग भएका कारणले गर्दा जसाेतसाे आफ्नो घरपरिवार चलाउदै आईरहेता पनि दुई महिना देखि उनकाे स्वास्थ्य अवस्था बिग्रिएपछि अहिले अस्पतालमा छट्पटाइ रहेकी छिन । उनकाे श्रिमान समेत गाउँ घरमा सामान्य जन मजदुरी गरेर परिवार पालनपोषण गर्दे आईरहेकाे भएता पनि आर्थिक अभावकै कारण उनी अहिले श्रीमती लाई राम्रो ठाउँमा लगेर उपचार गराउन सकेका छैनन् ।
प्रमिला काे १२ बर्ष, ९ बर्ष ,६ बर्ष र १ बर्षका ४ वटा छाेरीहरु समेत रहेका छन । उनिहरुकाे पालनपोषणका लागि उनका श्रिमान देवराजले छाेरी हर लाई अन्यत्र लगेर पालनपोषण गरि रहेता पनि श्रीमतीकाे रेखदेखका लागि उनकाे आमा रुखाे देवीले गरिरहेकी छन । प्रमिलाकाे बुबा मंगल लाल ताजपुरीयाकाे केही बर्ष अगाडि नै मृत्युु भए पछि अहिले उनी आमा संगै वस्दै आएकि छन ।
अहिले आफ्नो छाेरीकाे जीवन बचाईदि का लागि सबैमा अनुरोध समेत गर्दे आईरहेकी छन । उनको पेट बाट दैनिकी पानी निकाल्नु पर्ने भएकाे कारणले गर्दे उनिलाई अस्पतालमै राखेर उपचार भईरहेता पनि रंगेली अस्पता ले अन्यत्र उपचारका लागि लैजान सुझाव दिएता पनि उनकाे आर्थिक अभाव र आफन्त हरु समेतले अन्यत्र लगेर उपचार नगराउदा उनि रंगेली अस्पतालमै उपचार गराउन बाध्य रहेकी छन । रंगेली अस्पतालले उनको उपचारमा लाग्ने खर्च निशुल्क गरेता पनि उनकाे थप उपचारका लागि अन्यत्र लैजानु पर्ने अस्पतालका मेसु अरुण भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *