जेठ।४
प्रेस चौतारी मोरङले जेठ ११ गते सधारण सभा गर्ने भएको छ ।चौतारी जिल्ला कार्यसमितिको जेठ ३गते बसेकाे बैठकले यही जेठ ११ गते साधारण सभा गर्ने निर्णय गरेको चौतारी मोरङ सचिव शशांक पौडेलले बताए ।
यसैगरी बैठकले विभिन्न पालिकाहरुमा संयोजक तोकेर पालिकस्तरीय कार्यसमिति बनाउने जिम्मेवारी समेत दिएको छ । चौतारी मोरङले बेलबारी नगरपालिकामा अर्जुन कुलुङ राई (खनिन्द्र), सुन्दरहरैँचामा कृष्णचन्द्र सुवेदी, धनपालथान गाउँपालिकामा श्यामसुन्दर सुतिहार, उर्लाबारी नगरपालिकामा सुमन घिमिरे,लेटाङमा दिपेश खतिवडा, मिक्लाजुङमा खगेन्द्र चौहान, रतुवामाईमा रन्जना अधिकारी पथरी नगरपालिकामा भूमि पाठक, कानेपोखरी गाउँपालिकामा विद्यानन्द चौधरी लाईसंयोजकको जिम्मेवारी दिएको चौतारी मोरङका अध्यक्ष सुदीप कोइरालाले बताए ।