जेठ।५

रंगेली नगरपालिकाले नगर भित्रकाे सामुदायिक विद्यालयमा कार्यरत सबै बिषयका शिक्षक , शिक्षीका हरुका लागि क्षमता विकास गर्नेका लागि तालिम सुरु गरिएको छ । सबै शिक्षकहरुलाई पालैपालो गरेर १० दिन सम्मको तालिम दिने व्यवस्था मिलाइएको छ । मानव अधिकार तथा वातावरण मञ्च (फरेन ) विराटनगरको प्राविधिक आयोजक तथा नगरपालिकाको सहयोगमा तालिम सुचारु गरिएको हाे। शिक्षक लाई अस्पताल काे सभाहल, रत्न माध्यमिक बिधालय र जन्ता क्याम्पकाे भवनामा तालिमको सुरु गरेको हाे । तालिम माध्यमिक तह,निम्नमाध्यमिक तह र प्राथमिक तहका शिक्षक हरुलाई तालिमको व्यवस्था गरिएको छ ।
नेपाल सरकारले स्थायी शिक्षक हरुलाई मात्र तालिमको व्यवस्था गर्दे आएको भएता पनि रंगेली नगरपालिकाले पनि अस्थायी शिक्षक हरूलाई पनी तालिममा सहभागी गराएकाे हाे । गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार भएकाले अझै बिधार्थीहरु लाई पठनपाठनमा सहयोग पुग्ने बिश्वास गर्दे तालिमबाट प्राप्त ज्ञान र सीप विद्यालयमा प्रयोग गर्न सबै शिक्षक हरुलाई आग्रह गरेको गरेका छन। नगरले सार्वजनिक विद्यालयहरूमा कार्यरत अस्थायी शिक्षकहरू लेआफूलाई तालिममा राखेकोमा खुसी व्यक्त समेत गरेका छन् । कोशी प्रदेशमै पहिलो पटक रंगेली नगरपालिकाले सबै शिक्षक हरुलाई समेटेर क्षमता विकास तालिम आयोजना गरेको हाे । बिधालय व्यवस्थापन अभिवावक , र बिधालय मा अध्यन गर्ने बालबालिका हरु लाई समेत तालिम काे व्यवस्थापन गरिएकाे मेयर दिलीप बगडिया ले बताए ।