जेठ। ७ आईतवार

राष्ट्रिय स्वतन्त्र पार्टीले समिति बिस्तार कार्यलाई आक्रमक रुपमा अगाडि बडाएकाे छ । पछिल्लो समयमा पुराना पार्टी हरुले देशकाे निकास दिनुका साटाे झनै घरासाय पर्दे गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले गाउँ गाँउमा गएर टाेल समिति गठन गर्ने कार्यलाई अगाडि बडाई रहेका छन । रासपा ले रंगेली नगरपालिका काे बडा नम्बर ३ स्थित ववियाविर्ता मा आफ्नो टाेल समिति बिस्तार गरेको छ ।
कार्यक्रममा ठगेन्द्र न्यौपाने, नेत्र शिवाकोटी, रमेश चन्द्र अधिकारी, रबिन्द्र पाण्डे, दुर्गा प्रसाद रेग्मी लगायत ४० जनाकाे उपस्थिति रहेको थियोे ।अध्यक्षमा दिल बहादुर गुरुङ , उपाध्यक्ष इन्दिरा पुरी, सचिव ,सराेज पाण्डे,रबिन्द्र कुमार पाण्डे, सदस्य रमेश चौधरी, जीवन थापा मन वहादुर मगर लागायत सहितको वडा कमिटि गठन गरिएको छ ।रासपाले पहिलो चरणमा ७ सदस्यीय समिति गठन गरेको रासपाका सदस्यीय दुर्ग प्रसाद रेग्मीले बताए ।