जेष्ठ ।९

रंगेली नगरपालिकाले महिला हरुको लागि पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको छ । महालक्ष्मी बिधालय दर्वेशामा भएको शिविरमा दर्वेशा, बक्राह टाेल, खादी टाेल, आचार्य टाेल, चाईनागेट टाेल लगायतका स्थान हरुका महिलाहरुकाे उपस्थिति रहेको थियो । नगर ले उपचार बाट बन्चित भएका विपन्न घर परिवारका महिला हरुले आफ्नो राेग लुकाउने र अन्तिम समयमा मात्रै राेगकाे पहिचान हुने र महिला हरुकाे अकालमै ज्यान जाने भएको हुदा रंगेली ले महिला हरुका लागि पाठेघर सम्धित शिविर सन्चालन गरेको हाे ।नगरले महालक्ष्मी माध्यमिक बिधालय, वीरेन्द्र आधारभूत विद्यालय दोहमाना,गणेश माध्यमिक बिधालय चोप्राहा , जनता माध्यमिक विद्यालय आमतोला, प्रगति माध्यमिक विद्यालय दौलतपुर मा गरि ५ बटा बिधालय मा शिविर सुरु गरेको हाे ।
शिविर बाट पाठेघर का बिरामी हरु फेला परेका मध्ये शिविर भरिका ३० जना महिला हरुलाई विराट नर्सिङ हाेम द्वारा निशुल्क सल्यक्रिया गरिने र बाँकी बिरामी लाई नगरले रंगेली अस्पतालमा निशुल्क उपचार समेत गरिने उप प्रमुख भुमा पराजुलीले बताईन ।
शिविरमा भिडियाे एक्सरे , भियाई चेकजाँच गर्नुका साथै ३० प्रकारकाे निशुल्क ओैषधी समेत बितरण गरिएको थियोे । विराट नर्सिङ होम काे सहयोग तथा रंगेली नगरपालिका स्वास्थ्य शाखाकाे आयोजनामा ७ गते देखि १२ गते सम्म विभिन्न समयमा शिविर सन्चालन हुने भएको छ । कार्यक्रम उपमेयर भुमा पराजुली ,वडा अध्यक्ष टंक आचार्य ,स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहता, भुपेन्द्र मंण्डल,स्थानीय महिला देवन्ता राजवंशी , बिधालय का प्राधान्ध्यापक, शिक्षक लगायत काे समेत उपस्थिति रहेको थियोे ।