जेष्ठ ८ साेमबार
रबिन्द्र बराल

माेरङकाे सुनवर्सि बाट नक्कली धानकाे बीउ बिक्रीवितरण गर्ने १ जना पक्राउ परेका छन। धानको नक्कली बिउ बनाइ बिक्री वितरण गरेको आरोपमा रंगेली प्रहरीले बीउ भनिएको धानसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनवर्षी- ९ की २१ वर्षीया निशाकुमारी सिंह छिन् । प्रहरीका अनुसार साेहि स्थान बस्ने रबिन कुमार साहको घरमा धानको नक्कली बिउ बनाई बोरामा भारतीय कम्पनीको स्टिकर टासी बिक्री वितरण गर्दै गरेको प्रहरीले जनाएको छ । प्रहरीले छापा मार्द सो ठाउँबाट धानको बिउ ३४ बोरा (१ हजार १ सय १० केजी), झोलामा प्याकिङ गरेको तयारी धानको बिउ ५ झोला(३० केजी), बोरामा टाँस्ने स्टिकर १ सय ७५ पिस, बोरा सिलाउने मेसिन १ थान, खाली बोरा १२३ थान लगायतका समान बरामद गरेको हाे ।
प्रहरीले सुनवर्सि ९ डाइनिया बस्ने बिजय कुमार साहले सञ्चालन गर्दै आएको मुकेश खाद बिज भण्डार बाट सोही कम्पनी उल्लेखित बोरामा प्याकिङ गरी राखेको धानको बिउ २४ बोरा (६०० केजी) प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार धानको बिउ राख्ने सिजन भएकाले राम्रो पैसा कमाउने उद्देश्यले स्थानीय जातको धानलाई बिउ भन्दै बेचेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । किसानलाई झुक्याउन बोरामा पान सिड्स प्रालि कोलकोता टाँस्ने गरेको भेटिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक चन्द्र खड्काले बताए ।