पञ्चायत नमुना माविको अभिभावक भेला सम्पन्न ।थारु पाेर्टल

Spread the love
पथरी समाचारदाता
जेष्ठ -१४ गते
मोरङको पथरीशनिश्चरेमा रहेको सामुदायिक विद्यालयहरु मध्यें नमुना विद्यालयको नामले परिचित पञ्चायत माविको अभिभावक भेला सम्पन्न भएको छ। शनिबार नगरपालिकाका सूचना अधिकारी एवम् यूवा , खेलकूद तथा शिक्षा शाखा प्रमुख शालिकराम काफ्ले र वडा अध्यक्ष भीम कुमार राईले एक कार्यक्रमका बीच संयुक्त पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए। भेलामा विद्यालयका प्राचार्य अर्जुन कुमार बुढाथोकीले ८ करोड २९ लाख ४२ हजार बढिको आय- व्यय सहितको कार्य प्रतिवेदन प्रस्तुत गरेका थिए।
उक्त अवसरमा उनले विद्यालयको नाममा ३१ लाख बढी नाफा रहेको उल्लेख गर्दै आर्थिक, शैक्षिक तथा भौतिक पूर्वाधारहरुको विकास सहितको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे। नगरपालिकाका सूचना अधिकारी तथा यूवा, खेलकुद तथा सांस्कृतिक शाखा प्रमुख शालिग्राम काफ्ले सभाध्यक्षता तथा वडा नं १ का वडाध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त भेलामा सोहि विद्यालयका पूर्व प्राचार्य समेत रहेका संविधान सभाका सभासद् चण्डी प्रसाद राई, वडा नं १० का वडाध्यक्ष जीवन खतिवडा, निवर्तमान अध्यक्ष आईता कुमारी तुम्वापो, समाजसेवी पर्शु मिश्र, लगायतको उपस्थिति रहेको थियो।
सोहि क्रममा पूर्व संचालक समिति सदस्य गणेश खड्का, शिक्षक – अभिभावक संघका सल्लाहकार समेत रहनुभएका समाजसेवी यूवराज बास्कोटा समेतले भेलाको सफलताको शुभकामना मन्तव्य राखेका थिए।
सोहि विद्यालयका विद्यार्थीहरुको शैक्षिक उन्नतिका लागि छात्रवृत्ति तथा पाठ्य सामग्री वितरण गर्ने उद्देश्यले पूर्व विद्यार्थी संगठनका सदस्य पनि रहेका पथरी बजारका यूवा व्यवसायी टिकेन्द्र पौडेलले आफ्ना दिंवगत बुबा -आमाको स्मृतिमा १ लाख ५१ हजार रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्ने घोषणा समेत गरेका थिए। विज्ञान, सिभिल इन्जिनियरिङ, वाणिज्य, मानविकी, कानुन, ललित कला, पत्रकारिता र व्यवस्थापन ८ जस्ता विषयमा ३२ सय बढी छात्र छात्राहरुले अध्ययन गरेको जानकारी दिइएकाे थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *