पथरी शनिश्चरे,
जेठ १७

पथरी शनिश्चरे नगरपालिकामा क्षयरोग निदान, उपचार तथा व्यवस्थापनको लागि स्वास्थ्यकर्मीहरुलाई ३ दिने आधारभूत तालिमको उद्घाटन भएको छ । आज नगरपालिकाको सभाहलमा भएको सो तालिमको अध्यक्षता नगर प्रमुख मोहनप्रसाद तुम्वापो रहनुभएको थियो ।
नगरको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले स्वागत मन्तव्य राख्नुभएको सो तालिममा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल लगायत अतिथिहरु रहनुभएको थियो । यस्तै क्षयरोग निदान, उपचार तथा व्यवस्थापन विषयको स्ल्याइड स्वास्थ्य उप–संयोजक जगत मगरले प्रस्तुत गर्नुभएको थियो ।
तालिममा नगरपालिकाको १० वटै वडाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । सो तालिमको सहजीकरण स्वास्थ्य निर्देशनालय धनकुटाका क्षेत्रीय अधिकृत तुलसीप्रसाद गुरागाई र सेभ द चिल्ड्रेनका शैलेश भुजेलले गरेका थिए । नगरपालिकाको आयोजनामा भएको सो तालिम जेठ १९ गतेसम्म सञ्चालन हुनेछ ।