बस कम्पनी सम्पर्कमा नआउदा पथरी उर्लाबारी राजमार्ग खण्डको पथरी क्षेत्रमा दिनभर सवारी साधन आवत जावत बन्द ।थारु पाेर्टल

Spread the love
१७ जेठ ।
पथरीशनिश्चरेमा मंगलबार दिउँसो बसले साइकललाई ठक्कर दिँदा साइकलयात्रीको निधन भएकाे छ । निधन पछि ठक्कर दिने बस कम्पनीको मानिस सम्पर्कमा नआएकाले पथरी उर्लाबारी राजमार्ग खण्डको पथरी क्षेत्रमा दिनभर सवारी साधन आवत जावत बन्द भएकाे छ।पथरी चोक देखि सुनझोडा पुलसम्म पीडितहरुले बन्द गरेका छन् ।उनीहरूले बिहान वार्तामा गाडी मालिक वा कम्पनीको प्रतिनिधि नआएका कारण सडक बन्द हुन पुगेको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे –२ जयचोकमा पूर्वतर्फ जाँदै गरेको यात्रुबाहक बसले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले प्रदेश १–०१–००१ ख ३५४९ नम्बरको बसको ठक्करबाट साइकलयात्री पथरीशनिश्चरे–२ का ५० वर्षीय यज्ञ थापाको निधन भएको जानकारी दिएका छन् ।
बसले दिउँसो ३ः५० बजेतिर ठक्कर दिँदा थापाको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।डीएसपी दाहालले बस र चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४६ वर्षीय प्रकाश पाठकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको बताएका छन् ।अहिले बस चालक पथरी प्रहरीको नियन्त्रणमा छन् भने मृतक थापाको शव मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *