जेष्ठ १७ बुधबार
रबिन्द्र बराल

भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीको भूमिका विषयक सामुदायिक शिक्षा कार्यक्रम रंगेलीमा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीले रंगेली नगरपालिका ७ स्थित तिरुपति बालाजी मंन्दिरकाे सभाहलमा एक दिने भ्रष्टाचार नियन्त्रण बिषयमा अन्तरक्रिया गरेको छ । रंगेली ७ मा रहेको मिनिल्याण्ड बाेडिङ स्कुलमा अध्यनरत कक्षा ८ देखि १० सम्मका बिधार्थि हरुलाई विद्या कुल्चापि नियन्त्रण तथा सुसासन अभिक्रिया विद्यार्थीको भुमिका, भ्रष्टाचार नियन्त्रण र सदाचारिता प्रवर्द्धनबारे जनचेतना अभिवृद्धि गर्ने, भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका , भ्रष्टाचार नियन्त्रणमा विद्यार्थी एवम शिक्षण संस्थाहरुको भूमिकाकाे बारेमा जानकारी समेत गराईएकाे थियोे ।
बिधार्थि हरुलाई निजी फाइदाका लागि सार्वजनिक जोहदाको दुरूपयोग, ट्रान्सपरेन्सी इन्टरनेशनल, निजी वा व्यक्तिगत लाभको लागि सुम्पिएको शक्तिको दुरुपयोग, निजी “लाभका लागि सार्वजनिक शक्तिको दुरुपयोग, भ्रस्टाचार गरे के कस्ता सजाय हुने भन्ने बिषयमा समेत जानकारी गराएका थिए । कार्यक्रममा भ्रष्टाचार दुरुपयोग अनुसन्धान आयोगका कार्यलय ईटहरीका कमल प्रसाद भट्टराई , प्रदिप घिमिरे, बिधालयका शिक्षक बुद्धिनाथ झा, घन्शाय भण्डारी ,जनक डिसि, बिजय राजवंशी , बिक्रम मंण्डल लगायतकाे उपस्थिति समेत रहेको थियोे ।