राजवंशी समुदाय द्वारा फिलिम निर्माण ।।थारु पाेर्टल

Spread the love
जेष्ठ १७ बुधबार
रबिन्द्र बराल
राजवंशी समाज विकास समिति माेरङ द्वारा सिरुवा मिडिया हाउसेर पहिला सान्दुस मोतीलाल फिलिमकाे बिधिवत रुपमा उद्घाटन गरेको छ । सुनवर्सि नगरपालिका २ स्थित भेलाई स्थित सामुदायिक भवनकाे सभाहलमा एक कार्यक्रमकाे आयोजना गर्दे फिलिमकाे शुभारम्भ गरेकाे हाे ।
कार्यक्रमकाे प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पुर्व रक्षामन्त्री मेनेन्द्र रिजाल,  अथिति विनोद कार्की, रतुवामाई नगरपालिका मेयर नागेश्वर प्रसाद सिह, राजवंशी समाजका कोमल सिंह राजवंशी , शिव नारायण सिंह , बिकाश सिवाकोटी ,कृष्ण वस्नेत केन्द्रीय महाअधिवेशन प्रतिनिधी केशव राजवंशी , महेश्वर राजवशी लगायत स्थानीय नेता हरुकाे पनि सहभागी रहेको थियोे । कार्यक्रममा प्रमुख अथितिले फिलिम काे व्यानर पढेर उद्घाटन गरेका थिए । सहभागी हरुलाई विभिन्न गित हरुमा नृत्य गरेर मनाेरञ्न समेत गराएका थिए ।
प्रमुख अतिथिले भने राजवंशी समुदायले यसरी आफ्नो भाषामा फिलिम बनाएर राजवंशी समुदायलाई नै उच्च सम्मान गरेकाे र नेपाल सरकारले लाेप हुन लागेकाे भाषा लाई संम्रक्षण गर्नु पर्ने कुरामा समेत जाेड दिएका छन । राजवंशी समुदायले यसरी आफ्नो भाषा कलाले समाजलाई सकारात्मक दिशा तर्फ लैजान सहयोग समेत हुने रिजालले बताए । फिलिम माेरङ,झापा ,सुनसरी लगायतका स्थान हरुमा छायांकन समेत गरिने भएको छ ।
फिलिम काे लेखन/निर्देशन मनोरथ राजवंशी निर्माता, पुष्पलाल राजवंशी अगमसरी राजवंशी , गायक / गायिका :मनोरथ राजवंशी, दिल कुमार राजवंशी, संगित बलराम राजवंशी, मुख्य कलाकार हरु: तारा, मनोरथ, पुनम, सन्दीप, प्रतिभा, धर्मलाल, रज्जु, चन्द्र राजवंशी, तुफान आलम बाल कलाकारहरुले फिलिम निर्माण गरेका हुन । उक्त फिलिम काे १६ लाख रुपैयाँ बराबर काे लागतमा निर्माण हुने मनोरथ राजवंशी ले बताए । कार्यक्रममा प्रमुख अतिथि, तथा अथिति हरुलाई मायाकाे चिनाे समेत बितरण गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *