अत्याधिक गर्मी बढेपछि कानेपोखरीका निजी विद्यालय प्यावसन अन्तरगतका विद्यालयहरु दुई दिन बन्द हुने ।थारु पाेर्टल

Spread the love

जेठ १८, कानेपोखरी ।

अत्याधिक गर्मी बढेपछी  मोरङ कानेपोखरी गाउँपालिकाका निजी विद्यालय दुई दिन बन्द हुने भएका छन् । दिनदिनै अत्याधिक गर्मी बढेपछि

विद्यालयको पठनपाठन बन्द गरिने भएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) मा आबद्ध कानेपोखरी गाउँपालिका क्षेत्रको सम्पूर्ण विद्यालय आज जेठ १८ र भाेली  १९ गतेसम्म बन्द हुनेछन् । प्याब्सन कानेपोखरीले बुधबार राती विज्ञप्ती जारी गरी सो जानकारी गराएका हुन् । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै प्याब्सन कानेपोखरीले बिहीबार र शुक्रबार विदा दिने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *