थारु कल्याण कारिणी सभा जिल्ला कार्यसमिति मोरङको दशौं अधिवेशन रोक्न उच्च अदालत विराटनगरकाे अल्पकालिन आदेश ।थारु पाेर्टल

Spread the love

 १९। जेठ 

थारु कल्याण कारिणी सभा जिल्ला कार्यसमिति मोरङको दशौं अधिवेशन रोक्न उच्च अदालत विराटनगरले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
जेठ १९ आज र भाेली २० गतेका लागि तय भएको थारु कल्याण कारिणी सभा जिल्ला कार्यसमिति मोरङको १० औं जिल्ला सभा रोक्न उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधिश सत्यमोहन जोशी थारुको इजलासले आज सो आदेश दिएको हो ।

जिल्ला सभा आयोजना नियमपूर्वक नगरिएको र आर्थिक हिसाव किताव पारदर्शी नभएको, लेखा परीक्षण नगरिएको भन्दै थारु कल्याण्कारिणी सभाका सचिव जागेश्वरप्रसाद विश्वासले थारु कल्याण कारिणी सभाका जिल्ला सभापति प्रदीपकुमार भगत विरुद्ध उच्च अदालत विराटनगरमा अन्तरिम आदेशको माग गर्दै निवेदन दिएका छन ।

उच्च अदालत विराटनगरले १५ दिन भित्र विपक्षीमा नाउँमा लिखित जवाफ पेश गर्न आदेश गरेको छ । अदालतले दिएको आदेशमा जेठ २२ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । अदालतको आदेशमा भनिएको छ,‘ जेठ १९ र २० गते गर्ने भनिएको थारु कल्याण कारिणी सभा जिल्ला कार्य समिति मोरङको दशौं अधिवेशन सो अवधि सम्म नगर्नु नगराउनु ।’ उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम विपक्षीका नाउँमा अल्पकालिन अन्तरिम आदेश जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।

नियम पुर्वक वडा अधिवेशन गर्न ५० वटा रसिद बाड्नु पर्ने, गाउँ र नगरसभा गर्न २ सय रसिद बाँड्नुर्ने विधानमा व्यवस्था भएपनि सो पालना नगरि जिल्ला सभा आयोजना गर्न लागिएपछि उच्च अदालतमा निवेदन दिईएको सचिव विश्वासले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ जिल्ला सभा विधान अनुसार हुनुपर्ने हाम्रो माग हो ।’ जिल्ला सभापतिले दशौं अधिवेशन नियम पूर्वक नगरेको पाईएको केन्द्रीय प्रतिनिधि प्रदीपकुमार विश्वासले बताउनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *