जेठ २०, कानेपोखरी ।
मोरङको कानेपोखरी गाउँपालिकाको ‘ऐतिसाहिक कानेपोखरीमा जेठ २५ गते धिमाल सांस्कृतिक तथा फुड फेस्टिवल धिमाल जातीय विकास केन्द्र कानेपोखरीको आयोजनामा एक दिने महोत्सव हुने भएको छ ।धिमाल जातीय विकास केन्द्रले शुक्रबार पत्रकार सम्मेलनमा महोत्सवकाे जानकारी धिमाल जातीय विकास केन्द्र कानेपोखरीका अध्यक्ष प्रकास धिमालले गराए । विकास केन्द्रले सो दिन स्थानीय सरकारसँग स्थानीय विदा माग्ने तयारी समेत गरेको छ ।
गायिका मेचु धिमाल, रोषन धिमाल, सूर्य धिमाल लगाएतको प्रस्तुती रहने आयोजकले बताए । महोत्सवमा धिमाल जातीको खान्की विभिन्न परिकार प्रदर्शनको लागि स्टल पनि राखिने र त्यहाँ आउने जो कोहीले पनि विभिन्न परिकार(खानेकुरा) तोकेको मुल्य अनुसार किनेर खानुपर्ने आयोजक बताउँछन् ।सोही दिन धिमालहरुको पहिचान बोकेको दुई वटा आँखा गुमेको योद्धा धिमालको मुर्ति स्थापना, कानेबकुल्ला, रोइतारनी लगाएतका स्टाचु स्थापना गरिने अध्यक्ष धिमालले बताए । कार्यक्रममा मन्त्री, स्थानीय सरकार प्रमुखहरु र कानेपोखरी गाउँपालिकाका सवै वडाका वडाध्यक्षहरुलाई कार्यक्रमको अतिथि रहने जनाएको छ ।
कानेपोखरी गाउँपालिका क्षेत्रका धिमालहरुले विभिन्न ६ ठाउमा जात्री कुलपुजा शुक्रबार सम्पन्न गरेको छ । ६ स्थानमा जात्री कुलपुजा सम्पन्न भएपछि एउटा ऐतिहासिक रुपमा एकै स्थानमा धिमाल सांस्कृतिक तथा फुड फेस्टिवल महोत्सव आयोजना गरी पर्वलाई विदाई गरिने आयोजकले बताएका छन् ।उकेत महाेत्सवकाे लागी अनुमानित ६लाख रुपया खर्चहुने अनुमान गरीएकाे छ ।