वडा अध्यक्षले शक्तिकाे दुरुपयोग गर्दे श्रीमतीलाई बृद्ध भत्ता खुवाउदै ।थारु पाेर्टल  

Spread the love
जेष्ठ २३ मंगलबार
रबिन्द्र बराल
माेरङकाे रतुवामाई नगरपालिका ६ का बडा अध्यक्षले आफ्नै श्रीमतीकाे उमेर बडाएर बृद्ध भत्ता खाने गरेकाे रहस्य सार्वजनिक भएको छ । बडा नम्बर ६ का वडा अध्यक्ष तुलाराम लुईटेलले श्रीमति भक्त कुमारी लुइटेल लाई २०७९ चैत्र १ गते देखि सामाजिक सुरक्षा भत्ता दिन थालेका छन । भक्त कुमारी लुइटेलले २०४६ सालमा टाेली बाट नागरिकता लिदा उनकाे जन्म मिती २०१८ माघ ९ गते रहेकाे र उनकाे उमेर ६१ बर्ष मात्रै पुग्छ ।
साेही अनुसार मतदाताको परिचपत्रमा समेत२०१८ जन्म मिति कायम भएको पाईन्छ । भक्त कुमारीले ईलाका प्रशान कार्यलय रंगेली बाट २०७८ माध १० गते  नागरिक्ताकाे प्रतिलिपी लिएको बुझिन्छ । उनको प्रतिलिपी नागरिकतामा जन्म मिती २०११ माघ ९ गते कायम गरेकाे र उनकाे उमेर ६८ बर्षकाे पुगेकाे देखिन्छ । नेपाल सरकारले बृद्घ भत्ता दिनका लागि ७० बर्ष कायम गरेता पनि १ बर्ष अगाडि देखि ६८ बर्षमा कायम गरेपछि अहिले बृद्ध भत्ता खाने बृद्ध, बृद्घा हरुकाे संख्या समेत बडिरहेकाे छ ।
साेहि भत्ता खानका लागि बडा अध्यक्ष ले आफ्नो श्रीमतीको उमेर समेत ६८ बर्षकाे बनाएर सत्ताकाे दुरुपयोग गरेर मासिक ४ हजार रुपैयाँ बुझ्ने गरेको पाईन्छ । तुलाराम लुइँटेल नेकपा एमाले बाट दुई पटक बडा अध्यक्ष पदमा बिजय भएका हुन । वडा कार्यलयकाे रेकडका अनुसार सप्तकाेषी बैकमा नगरले पठाएको फाेटाे सहितकाे अभिलेखमा फाेटाे समेत नगारिकता बाट इस्क गरेर पठाएको भेटिएको छ । तर आम सर्वसाधारण हरुकाे रेडकमा भने अटाे साईजकाे फाेटाे टांस गरेको देखिन्छ । वडा अध्यक्ष तुलाराम लुइँटेल संग सम्पर्क गर्दे उनलेे भने मेरो नियत त्यस्ताे नभए मतदाता परिचयपत्रमा मात्रै २०१८ सालकाे जन्म भएको तर नागरिकतामा भने२०११ साल नै रहेको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *