के कानेपाेखरी वडा न २ मा रहेकाे  गेउरिया  खाेलाकाे पुल बन्लात  त ?थारु पाेर्टल

Spread the love
 जेठ २७।कानेपाेखरी
माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २काे पुछारमा रहेकाे      गेउरीया खाेलकाे पुल पुनः कछुवा काे गतिमा काम भईरहेकाे छ ।
ठेक्केदारले बारम्बार म्याद थप गरेता पनि अहिलेसम्म पनि काम भने सम्पन्न हुन सकेकाे छैन । उक्त पुलकाे निर्माणकार्य २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेवि ले १५ मिटर लम्बाई पुल निर्माण गर्न१ कराेड १८ लाख रुपैयाँ मा ठेक्का पाएकाे थियोे ।
तर ९ बर्ष बितिसक्दा समेत पुलकाे काम भने सम्पन्न हुन सकेको छैन । एक महिना देखि पुल ढलानका लागि छड बाध्ने काम सुरु भएको र पुलकाे काम कछुवाकाे गतिमा अगाडि बडिरहेकाे स्थानीय हरुले बताए ।पुलबनाउने प्रमुख मिस्त्री कुमाेद पासवानकाे भनाई अनुसार चाडै ढलान हुने वताउछन ।
अब आउने बर्षकाे समयमा समेत स्थानीयले पुरानै दुख भाेग्नु पर्ने आवस्था कायमै रहने स्थानीयले बताए । साे भेगमा दैनिकी आवतजावत गर्ने गाडि चालक हरुले बर्षाेदेखि दुख पाउने र दैनिकी सयौं यात्रु हरु लिएर आवतजावत गर्ने ड्राइभरले भने यात्रा जाेखिम छ कुनै बेला पनि दुर्घटना हुने सम्भावना भएता पनि ज्यान जाेखिम पारेर हिड्न बाध्य रहेको उनलेे बताए ।
ठेक्केदारले गत चैत्र महिना सम्म पुलकाे सम्पुर्ण काम सम्पन्न गर्ने र बैशाख महिना देखि साे पुल बाट आवत जावत हुने भनिएता पनि जेठ सकिन लाग्दा  समेत पुल भने निर्माणकार्य सम्पन हुन सकेको छैन । याे खाेलामा कैयाे काे ज्यान समेत गईसकेकाे छ भने ग्यासकाे गाडि रँगेली नगरपालिकाकाे वारुद्ध यन्त्र लगायत कैयाे सवारी साधन दुर्घटना भईसकेकाे छ ।तर याे घटनकाे जिम्मेवारी कस्ले लिने ?स्थानियहरुकाे भनाई अनुसार प्रशासन भन्दा ठेकेदार कम्पनीकाे पहुच पावरले गर्दा काममा ढिला भएकाे बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *