नगरसभाको तयारीमा जुट्यो रतुवामाई  ।थारु पाेर्टल

Spread the love

३१।जेठ

नेकपा (एमाले), रतुवामाई नगरपालिका कमिटीले आज नगरको सौंठास्थित मदन भवनमा सम्पन्न गरेको पार्टीसँग जनप्रतिनिधि कार्यक्रममार्फत नगरसभा नीति तथा कार्यक्रम निर्माण सहयोगी संयन्त्र गठन गरेको छ । सम्पन्न कार्यक्रममार्फत सहभागी दर्जनौंमध्ये आफ्नो तर्फबाट नगरबासीको अपेक्षासहितको रायसुझाव राख्नुहुने १९ जनाको प्रस्तुति सुनेपछि सो संयन्त्र बनाइएको महेन्द्र कार्कीले जनाउनुभएको छ । नगरमा उपलब्ध पार्टी प्रतिनिधि, बहुमत जनप्रतिनिधि र सरोकारवालामाझ गठित संयन्त्रमा राजनीतिक एवम् सामाजिक अभियन्ताहरू मेघराज शर्मा कट्टेल, हरिकुमार राई, नारायण ताजपुरिया, देवेन्द्र पौडेल, कृष्ण ढकाल, हेम कार्की र स्वयं नगर प्रमुख दमयन्ता चुडाल रहनुभएको नगर अध्यक्ष देवीप्रसाद दाहालले बताउनुभयो । संयन्त्रको संयोजक रहनुभएका कट्टेल नेकपा (एमाले) मोरङ जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।
Open photo
नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य एवम् पार्टी केन्द्रीय कमिटीको तर्फबाट मोरङ संघीय क्षेत्र नं. १ र २ का इञ्चार्ज युवराज बास्कोटाले सहजीकरण गर्नुभएको अन्तरक्रियात्मक कार्यक्रम कोशी कमिटी सदस्य रुपनारायण मिश्रसहित जिल्ला र पालिका कमिटीसम्बद्ध नेतृत्वको उपस्थिति रहेको थियो । स्थानीय निर्वाचनताका जारी प्रतिबद्धतापत्र, यसअनुसार भए गरिएका समग्र कामको विवरण, यससम्बन्धी सुक्ष्म समिक्षा र आउँदा दिनका लागि प्रस्तावित योजनाउपर सघन छलफल, बहस र विमर्शसहित सम्पन्न कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष देवीप्रसाद दाहालले गर्नुभएको थियो ।
नेता कट्टेलको नेतृत्वमा गठित ७ सदस्यीय संयन्त्रले समाजवादको आधारशीला निर्माण गर्ने कार्यक्रममा सरोकारवालाको सहभागिता सुनिश्चित सहित यसको पहिलो शर्तको रूपमा शिक्षा र स्वास्थ्यमा आममानिसको पहुँच कायम गर्न कार्यक्रम बनाउने, स्थानीय उत्पादन वृद्धिमार्फत आयात प्रतिस्थापन बढाउने र निर्यात घटाउने, कृषि क्षेत्र आधारित कृषकमैत्री कार्यक्रम ल्याउने, स्थानीय समुदायलाई समाज विकासको मूलप्रवाहमा ल्याउन सीप र तालिमको व्यवस्थापन गर्ने, पूर्ववत् घोषित र सञ्चालित कार्यक्रमलाई निर्वाध सञ्चालनमा ल्याउने उद्देश्य रहेको किसान नेता देवेन्द्र पौडेलले जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *