मुकुट ब्याण्ड म्युजिक भिडियोको तयारीमा ।थारु पाेर्टल

Spread the love
जेठ।३०
संगीत क्षेत्रमा केही गरौं भन्ने हुटहुटी जागेर काठमाडौंमा आजभन्दा पाँच वर्ष अगाडि मुकुट ब्याण्ड स्थापना गरेका हुन् । ब्याण्डहरु जसरी आँधिहुरीझैं आए, त्यसरी नै हराए । तर मुकुट ब्याण्डले स्थापनाकालदेखि कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । ब्याण्डले ललितपुर तथा काठमाडौंका विभिन्न क्लब तथा पब बारहरुमा शुक्रबार र शनिबार सांगीतिक प्रस्तुति दिने गरेका छन् । खास विद्या चाहीं रक, पप गीतहरु गाउने र बजाउने भएपनि दर्शकहरुको विशेष अनुरोधमा चलन चल्तीमा रहेका नेपाली, इङलिस, हिन्दी गीतहरु कभर गरी गाउने गरेका छन् । मुकुट ब्याण्डको आफ्नो छुट्टै विशेषता र प्रस्तुतिका कारण नयाँ वर्ष, क्रिसमस लगायत विभिन्न चाडपर्वहरुमा राम्रै रोजाइमा पर्ने गरेको छ । तीनजना युवाहरु मिलेर स्थापना गरिएको ब्याण्डका लिड गिटारिष्ट श्याम भन्छन् ‘अब हामी छिट्टै नै दर्शक श्रोताहरुको रोजाइमा पर्ने गीत रेकर्डिङ गरी म्युजिक भिडियो बनाउने जमर्को गर्दैछौं ।
सुन्ने भन्दा पनि हेर्ने जमाना भएको हुँदा म्युजिक भिडियोको तयारीमा जुट्दा केही समय लागेको हो ।’ तीन जना युवाहरुको पेशा अरु नै भएपनि गीत संगीतमा रुचि भएकाले यसलाई छोड्न नसकेको उनीहरुको भनाई छ । मुकुट ब्याण्डका भोकलिष्ट रुपेश भन्छन् ‘नेपाली गीत संगीत पनि विश्व संगीत बजारमा प्रतिष्पर्धा गर्ने किसिमका रहेका छन् । विश्वमा छरिएर रहेका नेपाली भाषी, गीत संगीतलाई माया गर्ने दर्शक श्रोताहरुलाई मन पर्ने गीत पस्किने  प्रयास जारी रहने बताए।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *