मोरङको कानेपोखरीबाट खैरो हेरोइनसहित २ जना पक्राउ ।थारु पाेर्टल

Spread the love
असार।१ कानेपाेखरी ।
थारु पाेर्टल सँवाददाता  दिेपेश राेक्का 
मोरङको कानेपोखरीबाट खैरो हेरोइनसहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ । लागूऔषध हेरोइनसहित कानेपोखरी–७ का ४२ वर्षीय चन्द्र कार्की र ४५ वर्षीय शुक्र लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
Open photo
कार्की र लिम्बू  को २९ प २८७५ नम्बरको मोटरसाइकलमा सवार थिए । शंका लागेपछि प्रहरीले बिहीबार साँझ ५ः३० बजेतिर नियन्त्रणमा लिएर खानतलासी गर्दा उनिहरुसँग   ३ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको डीएसपी दाहालले बताए । पक्राउ पर्नेमध्ये कार्की मोटरसाइकल चालक हुन्  लागूऔषध ऐनअन्तर्गतको मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । दुवै जनाविरुद्ध शुक्रबार अदालतबाट ५ दिनको म्याद थप गरिएको जानकारी डीएसपी दाहालले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *