थारु पाेर्टल पथरी समाचारदाता
असार -२ गते

माेरङ्गकाे पथरी शनिश्चरे वडा नं. १ ले सार्वजनिक सुनुवाई तथा प्रगति विवरण प्रस्तुत कार्यक्रम सम्पन्न गरेको छ ।
वडा नं. १ को नर्वदेश्वर शिवालय मन्दिरमा आयोजना गरिएको सो सार्वजनिक सुनुवाई तथा प्रगति विवरण प्रस्तुत कार्यक्रममा वडावासीहरु बाक्लो रुपमा उपस्थित भएका थिए । वडाध्यक्ष भीम राईले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने वडावासीहरुले प्रश्न र सुझावहरु राखेका थिए ।