असार ६/ कानेपोखरी
दिपेश रोक्का

मोरङ को कानेपोखरी गाउँपालिका स्थित वाड नम्बर ६मा रहेको उज्ज्वल भविष्य बाल क्लब ले क्यान्सर पीडित लाई सहयोग गरेको छ। कानेपोखरी गाउँपालिका वाड नम्बर ६ रमाइलो निवासी पवित्रा माझी बिगत लामो समय देखि क्यान्सर पीडित हुनुहुन्छ ।आर्थिक स्थिति कमजोर भएको कारण औषधि उपचार गर्न सकेकाे छैन ।
थप उपचारकाे लागी बाल क्लबले पहिलो चरण मा २४हजार र दोस्रो चरण मा ७७हजार ८सय२० र तेस्रो चरण मा १लाख १७हजार ७सय ५० रुपया सहयोग गरेको सचीव सचीव उपेन्द्र पौडेलले बताएका छन।उज्ज्वल भविष्य बाल क्लबले क्यान्सर पीडित को उपचार को लागि रकम हरु उपलब्ध गराएको छ।

उज्ज्वल भविष्य बाल क्लब एउटा बालबालिका को हितको लागि काम गर्ने क्लब हो। उज्ज्वल भविष्य बाल क्लब ले सामाजिक काम हरु पनि गरेको छ।