तेक्वान्दोमा भविष्य खोज्दै उमेश कुमार ।थारु पाेर्टल

Spread the love
असार।६ ।कानेपाेखरी 
दिपेश रोक्का
सबैको आ–आफ्नो सपना हुन्छ केही गराै भनेर तर उमेश कुमार मोक्तानको सपना चाहीं खेलकुदमा लागेर केही गर्छु भन्ने छ।
उनको जन्म तेह्रथुम जिल्ला चुहानडाँडा हाल बसोबास ललितपुर नखिपोटमा रहेको छ । शेरबहादुर तामाङ र श्रीमाया तामाङको कान्छो सन्तान उमेश कुमार सानैबाट नै खेलकुदमा विषेश रुचि राख्दथे । नेपाली खेलकुदको जगतमा चिर परिचित तेक्वान्दोका राष्ट्रिय खेलाडी उमेशकुमार ब्लाकबेल्ट टुडन प्राप्त गरीसकेका छन ।
स्कुल तथा कलेजहरुमा विद्यार्थीहरुलाई तेक्वान्दो खेलबारे निरन्तर प्रशिक्षण दिइरहेका छन् । आत्मरक्षाको बारेमा साथै स्वास्थ्य नै धन हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दैै उनीसंग राष्ट्रपति रनिङ सिल्ड दोस्रो तथा तेस्रोमा भाग लिएको अनुभव छ । तेक्वान्दो खेलका प्रख्यात खेलाडी दिपक विष्टसंग पनि तेक्वान्दोको बारेमा विषेश प्रशिक्षण लिएका उमेशकुमार खेलकुदमा इमान्दारिताका साथ लाग्ने हो भनें भविष्य उज्वल रहने बताउँछन् ।
हाल विभिन्न विद्यार्थीहरुलाई तेक्वान्दो बारेमा प्रशिक्षण दिइरहेका उनी खेलकुदबाट आफ्नो सानैदेखीकाे  ईच्छा चाहना पूरा भएको र आम्दानी समेत भएकोले आत्म सन्तुष्टि मिलेको बताउँछन् । अहिलेको समयमा विशेषगरी छोरीचेलीहरुले तेक्वान्दो खेलको बारेमा प्रशिक्षण लिएर आफ्नो आत्मरक्षा र मनोबल बढाउन जरुरी रहेको उनी बुझाउँछन् । उनी स्वास्थ्यले साथ दिएसम्म निरन्तर तेक्वान्दो खेललाई नै आफ्नो कर्म बनाउने विचारमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *