असार ।७ ।कानेपोखरी
दिपेश रोक्का

मोरङको कानेपोखरी गाउँपालिका स्थित रमाइलो बजारमा रहेको खेल मैदान भएता पनि मैदानको व्यवस्थापन भने भएको छैन । खेलाडी हरु लाइ मैदान व्यवस्थापन नहुदा दु:ख कष्ट झेल्दै खेल्न बाध्य छन । स्थानिय सरकारले बजेट ल्याए पनि खेल मैदानको लागि कुनै बजेट नछुटाएको खेलाडी हरुको गुनासो रहेकाे छ।

राष्ट्रिय स्तरका खेलाडी हरु कानेपोखरीले जन्माएता पनि । खेलाडी हरुलाई मैदान व्यवस्थापन नहुदा अनेकौ समस्या हुँदै आएको छ। बर्खायाममा खेल मैदानमा पानी जम्ने , जस्ता समस्य हरु रहेको छ। खेल मैदानमा फोहोर तथा पलास्टिकका बाेदलले लेखमा बाधा पुर्याई रहेकाे हुन्छ । खेलाडी एन्जल अधिकारिले भने खेल मैदान व्यवस्थापन नगर्नाले भविष्यमा खेलाडीहरु उत्पादन न हुने र स्थानीय सरकारले खेल मैदान लाई व्यवस्थापन गर्न बजेट छुट्याउनु पर्ने वताए ।
खेल मैदान व्यवस्थापन गर्नको लागि स्थानीय सरकारको ध्यानाकर्षण होस खेलाडी उपेन्द्र पौडेलले भनेका छन । खेल मैदान भित्र खाल्डा खुल्डी पुरिओस र फोहोर चाडै व्यवस्थापन होस तथा खाल्डा खुल्डी भएको कारण खेलाडी समेत लाई चोटपट लाग्ने र घाईते समेत भएका उदाहरण छन ।