असार ७ / कानेपोखरी

मोरङको कानेपोखरी गाउँपालिकामा रहेकाे ऐतिहासिक स्थल पोखरीमा धिमाल जातिय बिकास केन्द्र कानेपोखरीको आयोजनामा बिहीवार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
कानेपोखरी गाउँपालिकाकाे पोखरीमा धिमालजातिकाे मेला तथा अन्य कार्यक्रमकाे फाेहोर धेरै रहेको थियो र पाेखरी वरीपरी धिमाल जातीय बिकास केन्द्र कानेपोखरीका अध्यक्ष प्रकाश धिमालकाे सँयाेजकमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो।

पोखरीमा विभिन्न ठाउँबाट आन्तरीक तथा बाह्यय प्रयटकहरु घुम्न आउने गर्द्छन । फोहोर मैलाले गर्दा पोखरी वरिपरि राम्रो देखीएको थिएन ।फोहोर मैलाको कारण वातावरणमा समेत नकारात्मक असर पर्ने भएकाे हुहनाले हामिले सरसफाइ कार्यक्रमको आयोजना गरेको धिमाल अध्यक्ष प्रकाश धिमालले बताए।

उहाले भने पोखरी वरपर जथाभावी फोहोर नफाल्न आवाहन समेत गरेका छन सरसफाइ कार्यक्रममा धिमाल जातीय बिकास केन्द्र का सदस्य हरु र स्थानीय बासीहरुको समेत उपस्थिति रहेको थियो।