कानेपाेखरी आई टि एफ टेक्वान्डाेले ७जना ब्लाक बेल्ड खेलाडी चाडै उत्पादन गर्दै ।थारु पाेर्टल

Spread the love

असार।१०।कानेपाेखरी

विद्यानन्द चाैधरी 

राष्ट्रकाे लागी खेल स्वास्थकाे लागी खेलकाे मुल नाराका साथ कानेपाेखरी आई टि एफ टेकवान्डाेकाे हिजाे सनिवार एक औपचारिक कार्यक्रम वीच  वििभन्न विद्यामा स्तर उन्नती Grading रमाईलाेकाे जनसेवा मा वि मा सम्पन्न भएकाे छ । जसमा ६९जना परीक्षार्थी खेलाडीहरुकाे सहभागिता रहेकाे थियाे । हवाट बेल्ड तर्फ १३ जना ,एल्लाे ९जना ,स्टेप ग्रीन ७, ग्रीन १५ जना ,स्टेप ब्लु ६जना,  ब्लु ७ जना,  स्टेप रेड ५जना र रेड ७जना गरी जम्मा ६९जनाकाे ग्रेडिङ्ग आई टि एफ टेकवान्डाेकाे सँस्थापक गुरु युवराज भुजेलले गरेका थिए भने गुरु ईन्दिरा  थापा,  आशिष भुजेल, निश्चल लिम्वु ले खेल खेलाएर परीक्षा लिएका थिए र सबै खेलाडीहरुलाई प्रशन्सा पत्रले सम्मानगरेका थिए ।

छाेटाे समयमा खेलकाे माध्यमबाट कानेपाेखरीले छुट्टै पहिचान गराउन सफल रहेकाे  छ ।उक्त कार्यक्रममा कानेपाेखरीका सँस्थापक अध्यक्ष  गुरु युवराज भुजेलकाे अध्यक्षतामा सँचालन भएकाे कार्यक्रम कानेपाेखरी वडा न ६ का वडा अध्यक्ष  खडग बहादुर वस्नेतकाे प्रमुख आथितियता रहेकाे थियाे भने उर्लाबारी आई टि एफका मनु लिम्वु अँजुला श्रेष्ट पत्रकार हरु तथा खेलाडिहरुकाे अभिभावक लगायतकाे उपस्थित रहेकाे कार्यक्रम सचिव राजेन्द्र गुरागाईले सँचालन गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *