धिमाल समुदायका युवाहरुको क्षमता विकासका लागि उद्घोषण तालिम ।थारु पाेर्टल

Spread the love
पथरी समाचारदाता,
असार ।१०।
पहिलो जाति धिमाल समुदायका युवाहरुको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिमको उद्घाटन भएको छ । पथरीको मनोहर होटल एण्ड पार्कमा आजबाट सुरु भएको सो तालिम असार ११ गतेसम्म सञ्चालन हुनेछ । नगरपालिकाको सहयोगमा भएको सो तालिम पहिलो नागरिक धिमाल व्यवस्थापन समिति माेरङ्गकाे पथरी शनिश्चरेले आयोजना गरेको हो ।
नगरका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो भने पहिलो नागरिक धिमाल व्यवस्थापन समितिका अध्यक्ष भुवनकुमार धिमालको सभापतित्व रहेको थियो ।
पदम धिमालले सञ्चालन गरेका तालिममा १० वटा धिमाल समुदायको टोलका प्रतिनिधिहरुले सहभागिता जनाएका छन् । कार्यक्रममा वडा नं. ८ का अध्यक्ष एवं नगरका प्रवक्ता नविन कार्की, तालिमका प्रशिक्षक देशराज नेम्बाङले मन्तव्य राखेका थिए। यस्तै कार्यक्रममा सदस्य रोमान्सी धिमाल, गंगा धिमाल, सल्लाहकार तिलक धिमाल लगायत अथितिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *