पहिचानको आन्दोलन सफल बनाएरै छाड्छौ’, आदिबासी जनजातिलाई पाँचदिने सिप विकास तालिम समापन ।थारु पाेर्टल

Spread the love
असार।१०।
पहिचानवादी नेतृ विष्णु भट्टराईले प्रदेश नं.१ मा चलिरहेको आन्दोलन सफल बनाएरै छाड्ने बताउनु भएको छ । नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समिति (मोरङ)द्वारा आयोजित पाँच दिने सिप बिकास तालिम समापन कार्यक्रममा बोल्दै भट्टराईले सो कुरा बताएउनु भएको हो ।
आफू (भट्टराई) जस्तै अनुहारले उत्पीडित समुदायको मुद्धा, पीडा नबुझेको र एकलौटी रुपमा शासन चलाउदै आएको कारण नेपालमा समस्या ग्रस्त भएको भट्टराईको भनाइ थियो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय उपाध्यक्ष समेत रहेकी भट्टराईले कोशी नाम विरुद्धको आन्दोलनमा आदिबासी जनजाति, प्रगतिशील खस÷आर्य, दलित, मधेशी, मुश्लिम लगायत सबै लाग्न आग्रह गर्नुभयो । भट्टराईले कोशी नाम विरुद्धको आन्दोलन सफल बनाएरै छाड्ने दाबी गर्नुभयो ।
कार्यक्रमको बिशेष अतिथि रहनु भएका किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले पहिचानको आन्दोलन कुनै जाति, पार्टी विरुद्ध नभएर नश्लवाद÷जातिवाद विरुद्धको संघर्ष भएको बताउनु भयो । प्रदेश १ मा चलिरहेको आन्दोलन शान्ति, संमृद्धि, समाजवाद र राष्ट्रिय एकताको लागि भएको तर्क प्रस्तुत गर्दै एमाले÷कांग्रेस भित्रका सचेत नेता, कार्यकर्ताहरुलाई खुलेरै सडक संघर्षमा आउनु आव्हान गर्नुभयो । पहिचानको आन्दोलन सफल हुँदा कोही हार्नु नपर्ने प्रदेशबासी जनताको जितहुने उपमहासचिव राईको तर्क थियो । नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे समन्वय समितिको अध्यक्ष देवेन्द्र वनेम लिम्बूको सभापतित्वमा भएको समापन कार्यक्रमको प्रमुख अतिथि नगरको उपप्रमुख देबिमाया काफ्ले रहनु भएको थियो ।
प्रमुख अतिथि काफ्लेले तालिमले नगरमा रहेका आदिबासी जनजातिहरुको क्षमता वृद्धि भएकोमा आफू विश्वास्त रहेको बताउनु भयो । उपप्रमुख काफ्लेले आफूहरु खालिखुट्टा हिडेर भूमिगत आन्दोलनमा लागेको स्मरण गराउदै नेतृत्व विकास गर्न अहिले सहिजो भएको बताउनुभयो । कार्यक्रममा महासंघको पूर्ब अध्यक्ष हेमभक्त तमू, तमु ह्युला छोज धिको नगर अध्यक्ष राजेन्द्र गुरुङ, किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष विक्रम लिम्बू लगायतको उपस्थिति रहेको थियो । पाँच दिनसम्म चलेको तालिमको सहजिकरण रुद्र तामाङले गर्नुभएको थियो । भाषण कला, नेतृत्व विकास, प्रस्तावना तथा माइन्युट लेखन तालिमा विभिन्न जातीय समुदायको ५८ जना सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *