धिमाल जातिका यूवाहरूको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिम सम्पन्न ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे, असार -१२
पथरीशनिश्चरे नगरकी उप- प्रमुख देविमाया काफ्लेले नगरका सबै आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर्न र क्षमता विकासका लागि नगरपालिका तथा आफुले सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुभएको छ।
आज सोमबार पहिलो नागरिकको रुपमा परिचित धिमाल समुदायका यूवाहरूको क्षमता अभिवृद्धि गराउने उद्देश्यले आयोजित तालिमको समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो। पथरीशनिश्चरे नगरपालिकाको आर्थिक सहयोग तथा पहिलो नागरिक धिमाल व्यवस्थापन समितिको आयोजनामा पहिलो जाति धिमाल समुदायका यूवाहरूको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिम गत ९ गतेदेखि सञ्चालन भएको थियो ।
सोहि क्रममा वडा नं ०१ का वडाध्यक्ष भीम कुमार राईले यो धिमाल जातिका युवा यूवतीहरुको क्षमता विकास गर्नका लागि अग्रसर भएको देख्दा अत्यन्तै खुसी तुल्याएको बताउँदै आफु र आफ्नो वडा कार्यालयको तर्फबाट जातिको चौतर्फी विकासका लागि सकेको सहयोग पुर्याउने विश्वास दिलाउनु भयो।
धिमाल विकास समितिका केन्द्रीय महासचिव मातृका धिमालले अन्य जनजातिहरूको जस्तै संविधानद्वारा प्रत्याभूत गरेका हक अधिकार सुनिश्चित गर्दै यो जातिको क्षमता अभिवृद्धि गराए मात्र मानव संसाधन तथा विकासका परिसूचांक माथि उठ्न सक्ने औल्याउनु भयो। उहाँले पथरीशनिश्चरे नगरपालिकाले आगामी वर्षहरुमा उपलब्ध गराउँदै नगरको पहिलो जातिको उत्थान र विकासका लागि अझ बढी सहयोग रकम छुट्याउन समेत आग्रह गरेका छन्।
पहिलो जाति धिमाल यूवाहरूको क्षमता विकासका लागि आयोजक समितिका अध्यक्ष भुवन धिमालको अध्यक्षतामा भएको कार्यक्रममा धिमाल जाति केन्द्रीय सचिवालय सदस्य- मणिराज धिमालले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको औचित्य माथि प्रकाश उपाध्यक्ष धिमाल जाति उत्थान समितिका उपाध्यक्ष गंगा बहादुर धिमालले पार्नु भएको थियो। उक्त अवसरमा प्रशिक्षार्थी रिना धिमालले तालिममा सिकेका कुरा व्यवहारमा उतार्ने बताईन।
वरिष्ठ रेडियोकर्मी/संचारकर्मी देवराज नेम्बाङ र मातृका धिमालले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको उक्त तालिममा समापन कार्यक्रमको उद्घोषण प्रशिक्षार्थी प्रविशा धिमालले गरेकी थिइन्। पहिलो जाति धिमाल समुदायको यूवाहरूको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिम गत ९ गतेदेखि सुरु भै आज सोमबार सम्पन्न भएको छ। संचारकर्मी देवराज नेम्बाङले प्रशिक्षण गर्नुभएको उक्त तालिममा -२३ जना धिमाल समुदायका यूवाहरूले सहभागिता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *