असार।१२

मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ७३ करोड ४३ लाख ४३ हजार रुपैयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाकाे आठौं नगरसभा सम्पन्न भएको छ । उप प्रमुख भुमा पराजुलीले बजेट सार्वजनिक गरेकी थिईन । संघ समानिकरण बाट ९३ लाख ७२ हजार रुपैयाँ , आन्तरिक राजस्व २ करोडौं ७५ लाख रुपैयाँ , मालपोत स्थानीय राजस्व ४ करोडौं ,संघ ससर्त अनुदान २ करोडौं २५ लाख रुपैयाँ ,संध र समपुरक अनुदान २ कराैड २५ लाख रुपैयाँ ,संघ विशेष अनुदान ७२ लाख रुपैयाँ ,प्रदेश ससर्त ४ करोडौं ४३ लाख रुपैयाँ २५ हजार रुपैयाँ गरि कुल ७३ करोड ४३ लाख ४३ रुपैयाँ रहेको छ ।

त्यसैगरी चालू बिनियाेजित रकम ४९ करोडौं ९६ लाख २६ हजार ३ सय २० रुपैयाँ र पुजिगत तर्फ २३ करोडौं ३२ लाख १६ हजार ६ सय ८० रुपैयाँ रहेको छ । आर्थिक बिकाश तर्फ ३ करोडौं ६७ लाख ७४ हजारौं रुपैयाँ ,सामाजिक बिकास तर्फ २७ करोडौं ५० लाख २१ हजार ७ सय ४८ रुपैयाँ ,पुर्वधार बिकास तर्फ २० करोडौं ३९ लाख ३५ हजार ९ सय बत्तिस रुपैयाँ ,सुसासन तथा अन्तर सम्धित क्षेत्र ६३ लाख २८ हजार रुपैयाँ ,कार्यलय संन्चालन तथा प्रशाशकिय खर्च २१ करोडौं ७लाख ८३ हजार ३ सय २० रुपैयाँ गरि जम्मा ७३ करोड ४३ लाख ४३ रुपैयाँ छुट्याइएको छ ।

नगरले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी क्रमशः आत्मनिर्भरता हासिल गरिने, सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्दै उत्पादित गर्ने, रैथाने बाली, बीउबिजन, नथ र कृषि तथा पशुपन्छीजन्य जैविक विविधता संरक्षणमा स्थानीय तह र समुदायलाई प्रोत्साहन गरिने, किसानहरुलाई सिँचाइका लागि निःशुल्क ट्युबवेल तथा बोरिङ बितरण गरिने, खेतियोग्य जमिनमा साना सिँचाई तथा भुमिगत सिचाई व्यवस्था गर्न कार्यक्रम संचालन गरिने,पशुपक्षीमा हुने माहामारी तथा रोग नियन्त्रण गर्न प्रदेश सरकार र संघीय सरकारबाट प्राप्त सहयोगमा नगरपालिकाबाट समेत थप बजेट विनियोजन गरी पशुपंछी खोप कार्यक्रम संचालन गरिने, कुकुरको बन्ध्याकरण गरी सडकमा छाडा कुकुरको व्यवस्थापन गरिने, धान र मकै उत्पादन प्रवर्द्धन कार्यक्रम (पकेट) विकासका लागि कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने त्यसैगरी सर्वसुलभ गुणस्तरीय शिक्षाको अवधारणा बमोजिम शिक्षा क्षेत्रलाई अगाडि बढाइने, विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यलाई प्रोत्साहनमूलक कार्यक्रम सहित अभियानका रुपमा संचालन गरिने, रुपले विपन्न तथा अपाङ्गता भएका बालबालिकाका लागि विशेष कार्यक्रम संचालन गरिने, सुस्त श्रवण भएका बालबालिकाको लागि छुट्टै छात्रावास सहितको अवासीय विद्यालय स्थापना गरिने,छात्रा हरु लाई निशुल्क प्याड काे ब्यवस्थापन गरिने लगायत का गरिने भएको छ । निःशुल्क औषधी, उपकरण र स्वास्थ्य सामाग्रीको निरन्तर आपूर्ति र उपयोगलाई सुनिश्चित गरिने, नियमित गर्भ जाँच गराउने गर्भवती सुत्केरीहरुको लागि स्वास्थ्य संस्थाहरुबाट निःशुल्क आइरन , क्याल्सियमको वितरण गरिने,

अस्पतालमा बिमा कार्यक्रम मार्फत सुलभ र स्तरीय उपचारको व्यवस्था मिलाइने,अति बिपन्न वर्गका व्यक्तिहरुलाई नगरपालिकाको तर्फबाट निशुल्क स्वास्थ्य बीमा नविकरणका साथै ३ सय परिवार लाई थप गर्ने, रगतको आवश्यकता परेमा आवश्यक रगत व्यवस्थापनको लागि अस्पतालमा रहेको ब्लड बैंकलाई गरिदै आएको सहयोगलाई निरन्तरता दिइने,। प्रजनन स्वास्थ्य पाठेघर झर्ने, पाठेघर तथा स्तन क्यानसर लगायत समस्याहरुको विषेशज्ञ डाक्टरद्वारा पहिचान र निःशुल्क औषधी उपचारको व्यवस्थापन गरिने, नगरमा सञ्चालनमा रहेको आयुर्वेद केन्द्रलाई औषधीको आपूर्तिको व्यवस्था मिलाइने, अशक्त, सनसहाय र ज्येष्ठ नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने, अस्पतालको फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने कार्य शुरुवात गरिने र नगरले कृषि ,स्वास्थ्य ,शिक्षा , खानेपानी लगायत का बिषयमा बजेट पास गरेको छ । कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया,उपमेयर भुमा पराजुली , कार्यकारी अधिकृत , वडा अध्यक्ष ,सदस्य कर्मचारी लगायत काे समेत उपस्थिति रहेको थियोे ।