दिपेश रोक्का

झापाको बिर्तामोड नगरपालिका स्थित वडा नं ६ इन्द्र चन्द्र क्याम्पसको प्राङ्गणमा स्वतन्त्र बिद्यार्थी युनियन इन्द्र चन्द्र क्याम्पसको आयोजनामा लागू औषध जनचेतना मुलक कार्यक्रम सम्पम्न्न भएको छ ।

स्वतन्त्र बिद्यार्थी युनियनका सभापति पवन दाहालले अहिलेको बिकाराल अवस्थामा बिद्यार्थीहरु लागू औषध दुर्व्यासन मा फसेको कारण त्यस को न्यूनीकरणको लागि जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रमको सहजीकरण पुनर्जन्म समुह नेपाल बिर्तामोडका प्रशिक्षक राजु गिरि ले गरेका थिए । प्रशिक्षक गिरि ले बिद्यार्थी हरुलाई लागू औषधमा न फस्न आवाहन समेत गरेका थिए।

आगामी दिनमा पनि जनचेतनामूलक कार्यक्रमको आयोजना गर्न प्रशिक्षक गिरि ले बताए । कार्यक्रम को प्रमुख अतिथि ग्रहण क्याम्पस प्रमुख प्रकाश दाहाल ले गरेका थिए । कार्यक्रम मा शिक्षक हरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम मा १सय५० जति बिद्यार्थी हरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम सञ्चालन स्ववियु सचीव सृजित जङ ढुङ्गाना ले गरेका थिए । आगामी दिन पनि जनचेतनामुलक कार्यक्रम को आयोजना गर्ने स्ववियु सभापति दाहाल ले बताए।