१६।असार

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र बाहुनी मोरङले बिपन्न सदस्यको एक बिगाहा खेत रोपाई गरेको छ भने एकल महिनालाई एक लाख ५० हजार रुपैयाँ ऋण मिनाह गरेको छ ।

साकोसको सेवा केन्द्रले २० औं राष्ट्रिय धान दिवसको अवसर पारेर शुक्रवार अधिया खेती गर्ने बिपन्न सदस्य सन्ध्याकुमारी चौधरी थारुको एक बिगाह खेत रोपाई गरेको छ भने अर्की एकल महिला रमादेबी चौधरी थारुलाई धान रोपाईका लागि एक लाख ५० हजार रुपैयाँ ऋण मिनाह गरेको छ। संस्थाको एक दिन श्रम एक दिनको कमाई समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम अन्तरगत सेवा केन्द्रले बेलबारी नगरपालिका वडा नम्बर ७ मा सहयोग गरेको साकोसका सेवा केन्द्र प्रमुख उमेश भारतीले जानकारी दिए ।
सन्ध्याकुमारी चौधरी थारुको अध्यक्षतामा भएको धान रोपाई कार्यक्रममा निमित्त वडाध्यक्ष रामप्रसाद घिमिरेको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रममा वडा सदस्य तीर्था आचार्य, बिमला सरदार, बाहुनी बजार व्यावस्थापन समिति अध्यक्ष तीर्थप्रसाद घिमिरे, थारु कल्याणकारी बेलबारी नगर सभापति बाबुराम चौधरी, बेलबारी नगर सचिव धिरजकुमार चौधरीलगायतको आतिथ्य रहेको थियो । रोपाई कार्यक्रममा २७ जनाको सहभागीता रहेको थियो ।
सो कार्यक्रममा सेवा केन्द्रका ७ जना कर्मचारीले दिनभर श्रमदान गरेका थिए । स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाशपार्दै
सेवा केन्द्र प्रमुख उमेश भारतीले विपन्नलाई सहयाेग तथा सेवा गरेकाे वताए ।कार्यक्रम तोगिन्द्रप्रसाद घिमिरेले सञ्चालन गरेकाे थियाे । सोही कार्यक्रमका बिच दही चिउरासमेत खाएर असार १५ पनि मनाएका जानकारी थारु कल्याणकारी बेलबारी नगर सचिव धिरजकुमार चौधरीले दिनुभयाे । ।
